काठमाडौं- लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपाल नियुक्त भएका छन्। बुधबार बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गरेको हो।
लक्ष्मीमा नागरिक लगानी कोषको ८.६८ प्रतिशत सेयर रहेको छ। बैंकको सबैभन्दा बढी सेयर खेतान समूहको रहेको छ। यस अगाडि बैंकका सञ्चालक अध्यक्षमा दिनेश पौड्याल थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।