काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) काठमाडौंका ३ सहित १२ जना कोरोना संक्रमितको मृत्यु, २५१ पुगे मृतक, काठमाडौं उपत्यकामा ३८८ सहित १ हजार १२० जनामा कोरोना संक्रमण, ४१ हजार ६४९ पुगे संक्रमित।
२) रासायनिक मल खरिदमा ठूला ठेकेदारको प्रवेश, खरिद प्रक्रियामा सधैं अनियमितता, बिना योजना काम गर्दा सधैं महंगोमा मल किन्ने गरेको महालेखाको ठहर ।
३) सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड भ्रष्टाचार प्रकरण ः अख्तियारले बोलायो विजयप्रकाश मिश्रलाई, आफू भागेको नभई अनुसन्धानमा सघाउँने जापानबाट मिश्रको भनाइ ।
४) सीमा क्षेत्रमा उक्साउने क्रियाकलाप बन्द गर्न भारतलाई चीनको चेतावनी, वास्तविक नियन्त्रण रेखा उल्लंघन गरिरहेका सैनिक तत्काल फिर्ता बोलाउन भारतलाई आग्रह ।
५) र, अन्तिम खेलमा इंग्ल्यान्डमाथि पाकिस्तानको रोमाञ्चक जित, इंग्ल्यान्ड ५ रनले पराजित, तीन खेलको टि–२० क्रिकेट सिरिज १–१ को बराबरीमा टुंग्यायो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।