• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

५ पर्यटकीय गन्तव्य बाहेकका उडानमा ‘डलर फेयर’ हटाउने सरकारको तयारी

64x64
नेपाल लाइभ बुधबार, भदौ १७, २०७७  १८:५५
1140x725

काठमाडौं- सरकारले नेपालका ५ पर्यटकीय गन्तव्यबाहेक अन्य गन्तव्यको डलर फेयर (विदेशी नागरिकसँग लिने हवााई भाडा) हटाउने तयारी गरेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ वटा गन्तव्यबाहेक अन्य गन्तव्यको डलर फेयर घटाएर नेपाली नागरिक सरह हवाई भाडा लागू गर्ने तयारी गरेको हो।

डलर फेयरका भाडा हटाउने निर्णय मन्त्रीस्तरीय बैठकबाट गर्न सकिने भएपनि विरोध हुन सक्ने भएकाले मन्त्रिपरिषदबाट गर्ने तयारी गरिएको छ।मन्त्रिपरिषदबाट निर्णय गराउँदा विरोध हुने संभावना कम भएकाले मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‍ बैठकमा प्रस्ताव पठाउन लागिएको मन्त्रालयको उच्च स्रोतले नेपाल लाइभसमक्ष बताएको छ।'यस्तो निर्णय मन्त्रिस्तरीय बैठकबाट पनि गर्न सकिन्छ। तर मन्त्रालयबाटै निर्णय गर्दा विरोध हुने र दबाबसमेत पर्ने भएकाले मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरिएको छ,' स्रोतले भनेको छ। 

प्राधिकरणले पर्यटकीय गन्तव्यहरू कास्कीको पोखरा विमानस्थल, चितवनको भरतपुर विमानस्थल, सोलुखुम्बुको लुक्ला विमानस्थल, मुस्ताङकाे जाेमसाेम विमानस्थल र माउन्टेन उडानमा तत्काल डलर फेयर नहटाउने र अन्य सबै गन्तव्यको डलर फेयर हटाउनुपर्ने सिफासिस अध्ययन कार्यदलले गरेपछि सोही अनुसार व्यवस्था गर्न लागिएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि योगेश भट्टराईले विदेशी र नेपालीबीचको विभेदपूर्ण हवाई भाडा हटाउने बताउँदै आएका थिए। सोही अनुसार मन्त्रालयले प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा संयोजकत्वमा डलर फेयर समायोजन गर्न एक कार्यदल गठन गरेको थियो।

कार्यदलमा पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल, प्राधिकरणकै उपप्रबन्धक हिराचन काफ्ले, चार्टर एकाउन्टेन सौरभ रिजाल र पर्यटन मन्त्रालयका पूर्व उपसचिव प्रभा वैद्य सदस्य थिए। त्यस्तै समितिमा वायुसेवा सञ्चालक संघका उपाध्यक्ष तथा यती एयरलाइन्सका सिइओ अनोज रिमाल र संघका महासचिव तथा समिट एअरका प्रबन्ध निर्देशक मनोज कार्की थिए।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यदलले साउनको अन्तिम साता डलर फेयर हटाउनु पर्ने सुझावसहित प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बुझाएको थियो। कार्यदलको प्रतिवेदनका आधारमा  प्राधिकरणले डलर फेयर हटाउने सिफासिससहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो।

प्राधिकरणले एकैपटकमा सबै गन्तव्यमा डलर फेयरको भाडा घटाउँदा वायुसेवा कम्पनीलाई समस्या पर्ने र राज्यले पनि दुर्गम उडानमा सहुलियत दिनुपर्ने दायित्वको बोध गर्दै ५ गन्तव्यबाहेक अन्य गन्तव्यमा डलर फेयरको व्यवस्था खारेज गर्ने प्रस्ताव गरेको जनाएको छ।

अहिले वायुसेवा सञ्चालकले सबै गन्तव्यमा विदेशी नागरिकसँग डलर फेयर भन्दै नेपालीसँग लिनेभन्दा ३ देखि ४ गुणा भाडा बढी लिँदै आएका छन्।
सरकारले डलर फेयर कायम राखको सबै गन्तव्यमा प्रायः सबै कम्पनीको उडान रहेका कारण विभेद पनि नहुने ठहरसहित पहिलो चरणमा पाँच गन्तव्यमा डलर फेयरको भाडा लिने पाउने व्यवस्था यथावत राख्ने र अन्यको हकमा पनि नपाउने निर्णय गर्न लागेको मन्त्रालयलका एक अधिकारीले जानकारी दिए।

हाल माउन्टेन उडान सबै एयरलाइन्सले गर्दै आएका छन् भने लुक्लामा सीता, तारा र समिट एयरले उडान गर्दै आएका छन्। यसैगरी मुस्ताङकाे जाेमसाेम विमानस्थलमा पनि सीता, तारा र समिटले उडान गरिरहेका छन। यसैगरी, पोखरामा बुद्ध, यती, श्री र सिम्रिकले पनि उडान गरिरहेका छन्। सौर्य एयरलाइन्सले पनि नयाँ एटिआर जहाज ल्याउँदै पोखरा उडान गर्ने व्यवसायिक योजना अगाडि सारिसकेको छ। चितवनको भरतपुर विमानस्थलमा बुद्ध, यती र सिम्रिकले उडान गरिरहेका छन्। जसका कारण यसरी ५ गन्तव्यबाहेकका विमानस्थलमा डलर फेयर हटाउँदा विभेद नहुने मन्त्रालयको बुझाइ छ।

नोटः मुस्ताङको जोमसोम विमानस्थल हुनुपर्नेमा अन्यथा भएकाले सुधार गरिएकाे छ। (–स)

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
मार्चमा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल घुम्न आए मार्च महिनामा मात्रै सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३५ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभ... बुधबार, चैत १८, २०८२
ताजा समाचारसबै
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश सोमबार, वैशाख २१, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश सोमबार, वैशाख २१, २०८३
कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने सोमबार, वैशाख २१, २०८३
नागढुंगा सुरुङमार्ग साउन दोस्रो साताभित्र सञ्चालन गर्न निर्देशन सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्