फाइल तस्बिर
काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १४२ जना यात्रुले काठमाडौंका होटल क्वारेन्टाइनमा बस्दा भएको सबै खर्च एयर अरेबियालाई नै तिराउने सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर उडानको गुनासोको सम्बन्धमा छलफल गर्न बसेको बैठकमा मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन्।सरकारले तोकेको मापदण्ड पूरा गरी ल्याइएका तर उनीहरूले होटल क्वारेन्टाइनमा बस्नुपरेको भन्दै मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन्।
एयर अरेबियाले २५ अगष्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएको थियो। यीमध्ये १४२ जना यात्रुले पिसिआर रिपोर्ट लिएको र बाँकी १९ जनाको पिसिआर रिपोर्ट थिएन।
पिसिआर रिपोर्ट भएका र नभएकालाई एकै उडानमा ल्याउँदा सबै जनाले होटल क्वारेन्टाइन बस्नुपरेको थियो। सरकारी मापदण्डअनुसार पिसिआर रिपोर्ट भएका र नभएकालाई एकै उडानमा राखेर ल्याउन पाइँदैन। यदि ल्याएमा होटल क्वारेन्टाइन खर्च सम्बन्धित वायुसेवा प्रदायक कम्पनीले नै तिर्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्री भट्टराईले सबै यात्रुबाट होटल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि पिसिआर रिपोर्ट भएका १४२ जनाको रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्न समेत निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।