काठमाडौं- सेयर बजारमा उछाल आउने क्रम बुधबार पनि कायम नै रहेको छ। बुधबार दोस्रो बजारमा २५.५८ अंकले सुधार हुँदा चार अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ।
बुधबार नेप्से सूचक १.२७ प्रतिशतले बढेर १५१०.५७ अंकमा पुगेर रोकिएको छ। विगत दुई साताको अवधिमा सेयर बजार ११६ अंकले सुधार भइसकेको छ। सूचक र कारोबार रकममा सुधार आउँदा लगानीकर्ताको सक्रियता बढेको छ।
लगानीकर्ताको मनोबल बढ्दा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बजार सुधार हुने अपेक्षामा आधार मूल्य भन्दा तल रहेका जलविद्युत कम्पनीको सेयर उठाउने ट्रेन्ड बढेको छ।
अधिकांश जलविद्युत कम्पनीको मूल्यमा सुधार देखिएको छ। यसै क्रममा सबैभन्दा धेरै सेयर धनी भएको अपर तामाकोशीको सेयरमा पनि सकारात्मक सर्किट लागेको छ। यसैक क्रमममा जलविद्युतको सुचक ९.३ प्रतिशतले बढेको छ।
जीवन तथा निर्जीवन बीमा कम्पनीको सुचक केहि तल झरेपनि बाँकी सूचकमा सुधार आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।