काठमाडौं-गत चैत ११ गतेदेखि बन्द भएको व्यावसायिक हवाई उडान औपचारिक रुपमा बुधबारबाट सुरु भएको छ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेबाट लकडाउन सुरु गर्दै उडान बन्द गरेको थियो।
उडान बन्द भएको झन्डै १ सय ६० दिनपछि मंगलबारबाट उडान सुरु भएको घोषणा भए पनि नियमित उडान भने बुधबारबाट सुरु हुँदै छ।
व्यावसायिक उडान बन्द भए पनि यो बीचमा झन्डै ३ सय वटासम्म यात्रु चार्टर तथा कार्गो उडान भने भएको थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावका सरकारले दैनिक २ वटा व्यावसायिक र १ चार्टर उडान गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
यसैगरी, मन्त्रिपरिषदले दैनिक ८ सयजनासम्म उद्धार गर्ने गरी आवश्यक मात्रामा थप चार्टर उडान गर्नसमेत दिने निर्णय गरेको थियो।
सोहीअनुसार बुधबार नेपाल एयरलाइन्सको जहाज जापानको नारिताबाट आउने छ भने मालिन्दो एयर मलेसियाबाट आउने छ। व्यावसायिक तथा चार्टर उडानमा सरकारले १२ वटा सर्त भने राखेको छ।
यस्ता छन् सर्त

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।