काठमाडौं-बार्सिलोनाका मिडफिल्डर इभान राकिटिकलाई राइभल टिम सेभियाले अनुबन्धित गरेको छ।
युरोपा लिग च्याम्पियन सेभियाले ३२ वर्षीय राकिटिकलाई चार वर्षका लागि सम्झौता गरेको जानकारी दिएको छ। क्रोसियाका मिडफिल्डर राकिटिक सेभियाकै पूर्व खेलाडी हुन्। उनले सन् २०११ को जनवरीदेखि २०१४ को जुनसम्म सेभियाबाट व्यावसायिक फुटबल खेलेका थिए।
२०१४ पछि भने उनी बार्सिलोनामा आबद्ध भए। बार्सिलोनामा यो ६ वर्षे अवधिमा उनले ३१० खेलमा ३५ गोल गरेका छन्। उनी बार्सिलोनामा रहँदा क्लबले चार पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ भने चार पटक नै कोपा डेल रे र एक पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। बार्सिलोना क्लबमा आबद्ध हुनुअघि २०१४ मा उनले सेभियालाई आफ्नै कप्तानीमा युरोपा लिगको उपाधि दिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।