काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) ४ वर्षीया बालिकासहित ११ जना संक्रमितको मृत्यु, २३९ पुगे मृतक, काठमाडौं उपत्यकामा ४८१ सहित १ हजार ६९ जनामा कोरोना संक्रमण, साढे ४० हजार कटे संक्रमित ।
२) मलको ठेक्का ठेकेदारले अलपत्र पारेपछि बंगलादेशसँग ५० हजार मेट्रिक टन पैंचो माग्ने सरकारको तयारी, मल खरिदको प्रकृयाबारे कृषि सामग्री कम्पनीलाई स्पष्ट जानकारीसमेत दिइएन् ।
३) एटिएमबाट मासिक ४ लाख रुपैयाँमात्रै निकाल्न मिल्ने, सामान खरिद गरेपछि कार्डमार्फत् भुक्तानी गरेमा जति पनि पाउने, मोबाइल बैंकिङको अधिकतम सीमा प्रति दिन एक लाख रुपैयाँ ।
४) अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हालैका हिंसक झडपमा आफ्ना समर्थकहरूको भूमिकाको बचाउ, ट्रम्पलाई हिंसा गलत हो भन्न डेमोक्र्याटिक उम्मेदवार जो बाइडनको चुनौती ।
५) र, नेसन्स लिग फुटबल नजिकै आइरहँदा मुख्य दुई खेलाडी राष्फोर्ड र ह्यारी इंग्ल्यान्ड टिम बाहिर, दुवै खेलाडीको स्थानमा कोनर र नाइल्सलाई टिममा बोलाइयो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।