काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ। मंगलबार निगमले पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो।
वृद्धि भएको मूल्य मंगलबार राती १२ बजेपछि लागू हुनेछ। योसँगै अब पेट्राेलकाे मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ।
डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनकाे मूल्य भने यथावत् नै रहेकाे निगमले जनाएकाे छ।
मूल्य समायोजन भएपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ७५ पैसा नेपालतर्फ नै सस्तो रहेको निगमले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।