काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशसँग रासायनिक मल पैँचो मागेका छन्। बंगलादेशकी समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानीमा उनले मलको कुरा गरेका हुन्।
कुराकानीका क्रममा हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि अनुरोध गरेको प्रधानमन्त्री ओलीले सामाजिक संजालमा जानकारी गराएका छन्।
‘बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपाल बंगलादेश सम्बन्धबारे उपलब्धिपूर्ण छलफल भयो’ प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।