काठमाडौं- पर्यटन विभागले ६ कराेड रुपैयाँ भन्दा बढी खर्च गर्दै काठमाडौं उपत्यका आसपासको हाइकिङ मार्ग निर्माण तथा मर्मत गर्ने भएको छ।
विभागले काठमाडौं उपत्यकाको सुन्दरता कायम राख्नका लागि भन्दै हाइकिङ मार्ग निर्माण तथा मर्मतका लागि टेन्डर गरको हो।
विभागले १७ लाख ९१ हजार रुपैयाँको धराैटी राख्नु पर्ने गरी टेन्डरको सूचना जारी गरेको हो। विभागले असोज १५ गतेसम्म इच्छुक निर्माण व्यवसायीलाई टेन्डर सहभागी हुने सूचना जारी गरेको छ।
इच्छुक कम्पनीले ई-बिडिङमार्फत टेन्डरमा सहभागी हुन सक्ने जनाएको छ। टेन्डरमा सहभागी हुनका लागि नेपाल राष्ट्र बैंकमा जमानत रकम दाखिला गरेको भौचार पेस गर्नुपर्ने छ।
टेन्डरमा सहभागी भई छनोट भएको कम्पनीले कान्तिपुर मार्ग साइट, कलंकी, शिवपुरी, लेले, देउराली, गोदावरीलगायत क्षेत्रको हाइकिङ मार्ग निर्माण गर्नु पर्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।