काठमाडौं-निषेधाज्ञाको समयमा पनि बैंकहरुले थप व्यापार विस्तार गरेका छन्। उपत्यकाभित्रका प्रशासनले निषेधाज्ञा जारी गरे यता बैंकहरुले १४ अर्ब रुपैयाँको कर्जा विस्तार गररेका छन्। निक्षेप संकलन भने ६ अर्ब रुपैयाँले बढाएका छन्।
भदौ दोस्रो सातासम्ममा बैंकहरुले ३४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। निषेधाज्ञा अगाडि कर्जा विस्तार ३४ अर्ब ७९ करोड रुपैयाँ थियो। त्यस्तै भदौ दोस्रो सातासम्ममा बैकहरुले २८ अर्ब ९२ करोड रुपैयाँको कर्जा विस्तार गरेका छन्।
सबै क्षेत्र बन्द हुँदा शेयर बजार लगायतको क्षेत्रमा बढी कर्जा गइरहेको छ। बैंकहरुले नियमित रुपमा कर्जा विस्तार गरिरहेका हुन्छन्। कोभिड-१९ को संक्रमण बढ्दै गएपछि बैंकहरुले थप नयाँ कर्जा विस्तार गर्न सकिरहेका छैनन्। बैंकका शाखा मेत राम्रो सँग सञ्चालन हुन नसकेको अवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।