काठमाडौं- रियल सोसिडाडका रहेका पूर्व म्यानचेस्टर सिटी मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ। १० वर्ष सिटीमा बिताएका सिल्भा यहि महिना रियल सोसिडाड गएका थिए।
अहिले सिल्भामा जटिल कुनै समस्या नदेखिएको र लक्षण पनि नदेखिएका कारण घरमा नै सेल्फ आइसोलेसनमा रहेको बताइएको छ। सिटीमा रहँदा सिल्भाले १० वर्षमा ४ सय ३६ खेल खेल्दै विभिन्न १४ उपाधि जितेका थिए।
स्पेनिस क्लब सोसिडाडले नै उनमा संक्रमण देखिएको पुष्टि गरेको हो। २००६ देखि २०१८ सम्म स्पेनको राष्ट्रिय टिमबाट समेत खेलेका सिल्भाले दुई युरो कप र एक विश्वकप समेत जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।