काठमाडौं-सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेको छ। सोमबार नेपाली बजारमा छापावाल सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ९ सयले बढेर ९८ हजार ४ सय रुपैयाँ तोकिएको छ। आइतबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँले बढेको थियो। यो साता सुनको मूल्य बढ्ने क्रममा छ।
चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १३ सय ६५ रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।