काठमाडौं-नेसन्स लिग फुटबल नजिकै आइरहँदा इंग्ल्यान्डका मुख्य दुई खेलाडी भने बाहिरिएका छन्। फरवार्ड मार्कुस राष्फोर्ड र ह्यारी विंक्स भने टिमबाट बाहिरिएका हुन्।
चोटकै कारण राष्फोर्ड र ह्यारी टिमबाट बाहिरिएको मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले जनाएका छन्। यी दुवै खेलाडीको स्थानमा कोनर कोडी र एन्सले मेटल्यान्ड नाइल्सलाई टिममा बोलाइएको छ। त्यस्तै, टिममा पहिलो पटक एस्टोन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिस परेका छन्।
इंग्ल्यान्डको टिममा कप्तान ह्यारी केनसँगै रहिम स्ट्रर्लिङ, जाडोन सान्चो, टमी अब्राहम, मासन माउन्ट, क्याल्भिन फिलिप्स, ड्यानी इङ्स, मासन ग्रिनवोड, डिन हेन्डर्सन, जोर्डन पिकफोर्ड र निक पोप रहेका छन्। त्यस्तै, टिममा टे«न्ट एलेक्सजेन्डर आर्नोल्ड, कोनर कोडी, इरिक डायर, जोइ गोमेज, माइकल केन, अन्सले मेटल्यान्ड नाइल्स, टाइरोन मिङ्स, केइरन ट्रिपिएर, केली वाल्कर, फिल फोडेन, डिक्लेन राइस, जेम्स वार्ड र ज्याक ग्रेलिस छन्।
इंग्ल्यान्डले नेसन्स लिगमा यही शनिबार आइसल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। सेप्टेम्बर ९ तारिखमा डेनमार्कसँग इंग्ल्यान्डले खेल्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।