काठमाडौं-स्वीडेनका फरवार्ड ज्लाटन इब्राहिमोभिच इटालियन क्लब एसी मिलानमै एक वर्ष रहने भएका छन्।
इब्राहिमोभिच र क्लबबीच थप एक वर्षे सम्झौता लम्ब्याउने सहमति भएको हो। गत जनवरीमा इब्राहिमोभिच एसी मिलान आएका थिए। ६ महिना सम्झौता गरेका उनले क्लबसँग थप एक वर्षे सम्झौता गरेका हुन्।
३८ वर्षीय उनले एसी मिलानमा आएपछि ११ गोल गरेका छन्। २०११ मा बार्सिलोनाबाट लोनमा गएर इटालियन क्लब एसी मिलानबाट खेलेका थिए। त्यसपछि उनी एक वर्ष एसी मिलानमै अनुबन्धित भएर खेले। एसी मिलानपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका उनी इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र अमेरिकन क्लब ला ग्यालेक्सी हुँदै गत जनवरीमा एसी मिलानमै फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।