काठमाडौं-सानिमा बैंकले इन्द्रजात्राको अवसरमा 'इन्द्रजात्रा क्युआर कोडको यात्रा' योजनाअन्तर्गत ५ सय रुपैयाँको टपअप उपहार प्राप्त गर्ने भएका छन्।
यो योजनाअन्तर्गत संस्थागत व्यावसायिक खाता बाहकहरुले इन्द्रजात्राको दिन डिजिटल भु्क्तानीको सरल र सुरक्षित माध्यम क्युआर कोडका लागि आवदेन दिँदा ५०० रुपैयाँ बराबरको टपअप उपहारस्वरुप प्राप्त गर्न सक्ने सानिमा बैकले जनाएको छ।
यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता बाहकहरुले घरबाटै रजिष्ट्रेसन गर्न सक्ने छन्। जसका लागि बैंकको वेबसाइटमा गएर आवस्यक विवरणहरु बुझाउनु पर्ने छ। बैंक खाता नहुनेहरुले पनि यो योजनामा सहभागिता जनाउन सक्नेछन्। यसका लागि पनि बैकको वेबसाइटमा गएर आवस्यक विवरण भरेर यो सुविधा लिन सक्ने छन्। यो योजना आज एक दिनका लागि मात्रै लागू हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।