• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'रोगले भन्दा भोकले जनता धेरै मर्ने भए'

श्यामप्रसाद यादव मंगलबार, भदौ १६, २०७७  ११:२६
1140x725

कोरोना प्रभावित जिल्लामध्ये रौतहट पनि एक हो। यहाँ प्रदेश २ कै सबैभन्दा धेरै संक्रमित छन् । यसरी जिल्लामै  धेरै संक्रमित भएकाले त्यसको असर नगरपालिकामा पनि पर्ने नै हुन्छ। तर भाग्यवश  यो  गढीमाइ नगरपालिकामा हालसम्म कोरोनाका कारण  कसैले ज्यान गुमाउनु  परेको छैन।

हालसम्म  नगरमा ६२ जनामा  संक्रमण  पुष्टि भएको छ। त्यसमध्ये  ५ जनामात्र  अहिले   नगरको  आइसोलेनमा छन्।  ५६  जना कोरोना जितेर  घर  फर्किसकेका छन्। एक   संक्रमितको  अवस्था गम्भीर भएपछि अहिले वीरगञ्जको  नारायणी  कोभिड  अस्पतालमा  पठाइएको छ। उनमा ज्वरो आउने  र  श्वास फेर्न समस्या हुने गरेको  थियो। 

श्यामप्रसाद यादव, मेयर गढीमाई नगरपालिका

 हामी चार वटा  नगरपालिका मिलेर  संक्रमित राख्न आइसोलेन बनाएका छौं। अहिले  यो नगरका  पाँच संक्रमित सोही आइसोलेनमा छन्।  नगरले  सकेसम्म शंकास्पद, भारत र तेस्रो मुलुकबाट आएका  व्यक्तिहरुलाई   कोरोना  परीक्षण गरिरहेको छ।  हालसम्मको हाम्रो  अनुमान  समुदायस्तरमा  यो  नगरभित्र कोरोना  फैलिएको छैन भन्ने छ।

‘रोगले भन्दा  भोकले  मर्ने डर  भइयो’ 
कोरोना संक्रमण रोक्न भन्दै  लकडाउन गरिएको छ। तर मानिसहरु  रोगले  भन्दा भोकले धेरै मर्ने जोखिम  देखिएको छ। नगरमा दैनिक काम गरेर खाने मानिसको  संख्या धेरै छ। करिब पाँच महिनादेखि उनीहरु कामविहीन भएका छन्। दैनिक  मजदूरी गरेर परिवार पाल्नेहरु  अहिले  बिचल्लीमा छन्। 

बाहिर हिँड्नसमेत रोक लगाएका कारण उनीहरु  घरभित्रै बस्न बाध्य छन्। काममा जान नपाउँदा उनीहरुलाई दैनिक गुजारा चलाउनै मुस्किल  भएको छ। नगरले  सकेसम्म त  राहत दिएको छ  तर  कति  समयसम्म यसरी खुवाउन  सकिन्छ र?  धेरै  संख्यामा यस्ता  मानिसहरु नगरभित्र  भएकाले  नगरले राहत उपलव्ध गराउन अब असम्भव छ।  यसरी  घरभित्र थुनिराख्दा मानिसहरु  कोरोना रोगबाट भन्दा भोकमरीबाट धेरै  मर्ने  अवस्था सिर्जना  होला  भन्ने  डर  लाग्न  थालेको छ।

यति लामो अवधिसम्म कामविहीन हुँदा उनीहरुले आफूसँग भएको सबै खाद्यान्न खाइसकेका  छन्। ऋण गर्ने सम्भावना नभएकाले उनीहरु  भोकले  मर्नुको विकल्प  देखिँदैन।  नगरले  केही समय राहत दिन सक्छ,  सधै  पाल्न  सक्दैन। सरकारले अबचाहिँ गरिखाने यस्ता वर्गहरुका निम्ति पनि केही खुकुलो बनाउनु पर्ने भएको छ। यहीमात्र सीमित नभई देशका विभिन्न स्थानमा पुगेर  काम गर्ने मानिसहरु अहिले घरभित्रै थुनिएका कैदीजस्ता  भएका  छन्। उनीहरुसँग आश्रित परिवार झन्  समस्यामा परेका  छन्।

कोरोना र परीक्षणबारे बुझाउनै समस्या
मानिसहरुलाई कोरोना  परीक्षणका लागि राजी गराउनै  धेरै समस्या  भएको  छ।  नगरभित्र  धेरै  पढेलेखेका मानिसहरु   नभएकाले  गाउँ– गाउँका   मानिसहरुलाई  परीक्षण गरेर   के हुन्छ भन्ने। कुरा  बुझाउनै चुनौती भएको छ। परीक्षण नगर्दा समुदायमा  कोरोना पुग्छ  र अरुलाई असर गर्छ तथा  मानिसको  ज्यानसमेत जान्छ भन्ने कुरा नगरले  माइकिङलगायत अन्य माध्यमबाट बुझाइरहेको  छ।

कोरोना संक्रमण भए पनि  लक्षण  नदेखिँदा आफूलाई  केही भएको छैन  भन्दै परीक्षण  गर्नबाट  तर्कने गरेका  छन्। परीक्षणपछि नगरले अलग्गै  लगेर राख्ने  त्रासले   पनि परीक्षण  नगर्ने  गरेका छन्। नगरको  अधिकांश समय उनीहरुलाई  बुझाउनमै बित्ने गरेको छ।  

Ncell 2
Ncell 2

‘मानिसहरु बेर्पाह भए’ 
सुरु–सुरुमा केही मानिसहरुले  सामाजिक दूरी पालना गर्ने, मास्क लगाउने र भीडभाडमा  नजाने गर्दथे। तर अहिले  यो पालना गराउन  कठिन  हुन  थालेको छ। मानिसहरु अटेरी हुने थालेका छन्।  

‘जुलुस र झगडा बढ्यो’ 
लामो समयदेखि मानिसहरु  घरभित्रै  हुँदा झगडा बढेको छ। अपराधका घटना पनि  बढेका छन्। अस्तिमात्रै नगरमा घाँस काट्ने गएकी महिला  बलात्कृत  भइन्। समुदायमा  काम नभएका मानिसहरुको संख्या धेरै हुँदा झगडा पनि बढेको छ। घरभित्रको  हिंसाका साथै  अन्य अपराधका घटना  पनि बढेका  छन्। नगरमा अहिले दैनिक  जुलुस  लगाउन थालिएको छ।

थुनामा रहेका एक युवाको ज्यान गएकोमा त्यसलाई हत्या भन्दै दैनिक जुलुस लगाइरहेका छन्।  बजारमा  भीडभाड गर्न थालिएको छ। नगरले दैनिक रुपमा भीड नगर्न भन्दै आएको  छ। तर मानिसहरु  अटेर गरि  जुलुस लगाइरहेका छन्। अहिले  हजारौं  मानिस  गाउँमा रहेका  छन्। परीक्षण गर्न  दबाब दिँदा मेयरलाई  फाइदा हुन्छ अनि  जबर्जस्ती गरेको  जस्ता आरोप लगाउने  गरिन्छ।

मानिसहरुलाई  प्रहरी लगाएर दमन गर्न मिल्दैन  तर भनेको  नमानेका कारण यहीबाट संक्रमण फैलिएला भन्ने  डर भएको  छ।  यसरी जुलुसमा जाँदा त्यहीँबाट संक्रमण फैलियो  भने  नगरको अवस्था  भयावह  हुने  निश्चित छ।

बाराकाे गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसँगको कुराकानीमा आधारित

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  ११:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्