काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, २२८ पुगे मृतक, काठमाडौं उपत्यकामा २९८ सहित ८९९ जनामा कोरोना संक्रमण, ३९ हजार ४६० पुगे संक्रमित । ( नेपालमा २२८ पुगे मृतक )
२) कोरोनाको जोखिम कम भएका मुलुकहरूमा नयाँ श्रम स्वीकृति दिन शुरु गर्ने मन्त्रिपरिषद्को निर्णय, अन्य मुलुकहरुमा सामान्य अवस्था भएपछि मात्रै श्रम स्वीकृति खुल्ला हुने । ( नयाँ श्रम स्वीकृति दिने निर्णय )
३) अर्थमन्त्रीको कार्यकाल सकिने हल्लाले नेप्सेमा २२ अंकको सुधार, साढे ३ अर्बको कारोबार, नेप्से सूचक १.५३ प्रतिशतले सुधार भएर १४८४.९९ अंकमा रोकियो । ( शेयर बजारमा अर्थमन्त्री हट्ने हल्ला )
४) भारत र चीनबीच फेरि सीमामा तनाव सिर्जना, लद्दाखमा झडप, चिनियाँ पक्ष जबर्जस्ती आफ्नो सीमाभित्र प्रवेश गर्ने प्रयास गरेको भारतको आरोप । ( लद्दाखमा फेरि झडप)
५) र, बार्सिलोना र मेस्सीबीचको सम्झौता आउँदो सिजनमा मात्र सकिने, ७०० मिलियन युरोको रिलिज क्लज कायम रहेकाले त्यति रकमबिना क्लब छाडेर जान नपाउने ला लिगाको भनाइ । ( बार्सिलोनाको पक्षमा ला लिगा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।