काठमाडौं- सरकारले बहराइनका राजकुमारसहितको टोलीलाई हिमाल आरोहणका लागि चार्टर प्लाइटमार्फत् नेपाल आउनका लागि स्वीकृति दिएको छ।
पर्यटन मन्त्रालयको प्रस्तावलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति गरेको हो। बहराइनका राजकुमारसहित बहराइनबाट १५ जना र बेलायतबाट ३ जनालाई माउन्टेन आरोहणको स्वीकृति दिइएको हो। सेप्टेम्बर १५ पछि उक्त टोली नेपाल आउने बताइएको छ।
चार्टर विमानबाट आउने टोलीले मनास्लु हिमालको आरोहण गर्ने सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी गराए। हिमाल आरोहणका लागि आउने टोलीले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बताइएको छ।
लकडाउनपछि पहिलोपटक हिमाल आरोहरणका लागि सरकारले पहिलो पटक स्वीकृति दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।