काठमाडौं- सरकारले २०७६ चैत अगाडि सिपङ भएका केराउ र मरिचको आयात खोल्ने निर्णय भएको छ।
सरकारले आयात प्रतिबन्ध लगाउनु अगाडि नै सिपिङ भएका वस्तुलाई आयात गर्न दिने निर्णय गरेको छ।
सरकारले गत चैतमा विदेशी मुद्रामा चाप पर्दा यी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। असारमा उद्योगले आयात गर्ने मरिच आयात खोले पनि अन्य वस्तुको आयात रोकिएको थियो।
सरकारले खरिद मूल्य ५० हजार डलरभन्दा माथिका सवारी साधन र मदिरा आयातमा लगाएको प्रतिबन्ध यथावत राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।