काठकाडौं- नेपाल एयरलाइन्सले सेप्टेम्बर महिनामा जापानको नारिता विमानस्थलमा ३ वटा उडान गर्ने भएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै एयरलाइन्सले यस्तो जानकारी दिएको हो।
यस्तै एयरलाइन्सले सेप्टेम्बर महिनामा नै दुबईमा ८ वडा व्यावसायिक उडान गर्ने भएको छ। यसैगरी क्वालालम्पुरमा ४ वडान र हङकङका लागि २ उडान गर्ने योजना एयरलाइन्सले तय गरेको हो।
यसबाहेक जेद्दा, दमाम, कुवेत, रिहाद र दोहामा उद्धार उडान समेत गरिने एयरलाइन्सले जानकारी दिएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।