काठमाडौं- नेपाल राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएका छन्। सोमबार प्रशिक्षक थापाले सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना मुक्त भएको जानकारी दिएका हुन्।
उनी कोरोना संक्रमणको २४ दिनपछि निको भएका हुन्। उनीलाई कोरोना लागेको पुष्टि भएपछि परिवारसँग सातदोबाटोस्थित स्क्वास एकेडेमीमा आइसोलेसनमा बस्दै आएका थिए।
कोरोना रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षक थापाले आफ्नो सु–स्वास्थ्यको कामना गर्ने सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई धन्यवाद दिएका छन्। अब उनी घरैमा केही दिन क्वारेन्टाइनमा बस्ने छन्।
गत साउन दोस्रो साता खेलाडीलाई प्रशिक्षण गराउने क्रममा उनलाई कारोना भाइरस संक्रमण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।