• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ज्ञानको प्रसार र संस्कृतिको विकासमा पुस्तकालय

सन्दर्भ : पुस्तकालय दिवस
सरोजराज पन्त सोमबार, भदौ १५, २०७७  १४:२८
1140x725

‘पुस्तक’ र ‘आलय’ दुई शब्द मिलेर बनेको पुस्तकालयको शाब्दिक अर्थ पुस्तकहरूको घर भन्ने हुन्छ। पुस्तकालय विभिन्न संस्कृति, दर्शन, कला, भाषा, धर्म, साहित्य, सगीत, राजनीति, इतिहास, भूगोल, स्वास्थ्य विज्ञान, व्यवस्थापनका आदिका पुस्तक, लेख, पत्रपत्रिकाहरू पाईने राम्रो ज्ञानको केन्द्र हो। आजको युगमा मानिसहरू समयलाई उपयुक्त तरिकाले उपयोग गर्न यसमा भएका किताबहरू पढ्ने गदर्छन्। कोही आफ्नै घरमा पुस्तकालय बनाएर पढिरहेका हुन्छन् भने कसैले सबैजनाले मिलिजुली पढ्न पाउनुपर्छ भनेर सरकारको पनि सहयोग लिएर समाजमा पुस्तकालय स्थापना गरेका छन्।

वर्तमान प्रविधिको युगमा पुस्तकालय विद्या, ज्ञान प्राप्त गर्नका लागि एक सजिलो माध्यम बनेको छ। पुस्तकालय एक पवित्र मन्दिर हो किनभने यसले मानिसहरुलाई साँचो र सत्य बाटो देखाउँछ। हामीले यसमा रहेको अर्थपूर्ण ज्ञानलाई मनन र धारण गर्न सक्यौं भनेमात्र लक्ष्यमा पुग्न सकिन्छ र यसमा रहेको अपूर्ण ज्ञानलाई सही ढङ्गले प्रयोग गरी भविष्यका लागि सदमार्ग पैलाउन सकिन्छ। संसारमा नाम कमाउनदेखि दाम कमाउनसम्म पुस्तकालय महत्वपूर्ण रहेको छ। 

विश्वमा पुस्तकालयको इतिहास हेर्दा आशुरबानीपालको पुस्तकालयलाई विश्वको सबैभन्दा पुरानो पुस्तकालय मानिन्छ। यसको स्थापना इशापूर्व सातौं शताब्दीमा आस्सूर शासक आशुरबानीपालको 'शाही चिन्तन' का लागि स्थापना गरेको पाइन्छ। यो आधुनिक इराकको निनवेमा अवस्थित छ। प्राचीन समयदेखि नेपाल शिक्षाको महत्वपूर्ण केन्द्र रहेको र हिन्दू मन्दिर, बौद्ध गुम्बा र विहारजस्ता पवित्र ठाउँहरूमा शिक्षा दिने स्थानका रुपमा प्रयोग गरिन्थ्यो।

ती पवित्र ठाउँहरूमा पाण्डुलिपिहरू जस्तै तामपत्र, भोजपत्र, शिलापत्रआदि संकलन र प्रयोग गरिएको पाइन्छ। नेपालमा पुस्तकालयको औपचारिक इतिहास लिच्छवी राजवंशबाट सुरू भएको पाइन्छ। पुस्तकालय इतिहास काठमाडौं उपत्यकाबाट सुरु भएको पाइन्छ। मल्ल राजवंशको कालखण्डमा भक्तपुरमा 'सकोता' नामको पुस्तकालय रहेको र नेपाल एकीकरणको साथ मूल्यवान पाण्डुलिपिहरू र लिखित कागजातहरू संकलन गरी हनुमानढोका दरबारमा राखिएको र पछि राजा गिर्बाणयुद्धविक्रम शाहले पुस्तकालय खोल्ने आदेश जारी गरेको पाइन्छ। 

 सरोजराज पन्त

नेपालमा पुस्तकालय स्थापना गर्न पहिलो लिखित कानुन बनाएर एक लाइब्रेरियन (पण्डित) र दुई सहायकहरू पुस्तकालय हेरचाह गर्न नियुक्त गरिएको थियो। त्यसैको स्मरणमा पुस्तकालय दिवस मनाउने गरिएको छ। नेपालमा सार्वजनिक पुस्तकालयहरूको इतिहास हेर्दा कृष्णलाल अधिकारीले 'मकैको खेती' नामक पुस्तक लेखे। पुस्तकमा उल्लेख गरिएको कीराहरू र कीटनाशक औषधिहरूको बारेमा लेखिएका केही बुँदाहरू राणा शासनको विपक्षमा भएको भनी अभियोग लगाइएर उनलाई जेल हाली सबै पुस्तकहरू नष्ट गरियो। त्यस घटनालाई मकै पर्व भनिन्छ।

पुस्तकालयको महत्वलाई आत्मसाथ गरि जुझारु ४६ जना युवाहरु महाकवि लक्ष्मीप्रसाद देवकोटासहित सार्वजनिक पुस्तकालय सरस्वती सदन स्थापना गर्न कस्सिए। तर दुर्भाग्यवश एक व्यक्तिले शासकहरुलाई सूचित गरे र सबैलाई १०० रुपैयाँ जरिवाना गरिएको थियो। यस घटनालाई पुस्तकालय पर्व भनिन्छ। त्यतिबेला निजी पुस्तकालय जस्तै कैसर लाइब्रेरी केशरमहल, काठमाडौं, भारती भवन पुस्तकालय, वसन्तपुर, काठमाडौं, सिंह लाइब्रेरी, थापाथली काठमाडौं, धवल पुस्तकालय पाल्पा आदि रहेका थिए।

नेपाल सर्वप्रथम पुस्तकालयको निर्माण र विकास गर्नमा जोन उडको योगदान रहेको पाइन्छ। पुस्तकालयको महत्वको विश्व्यापी सन्दर्भ हेर्दा महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनको उदाहरण अत्यन्त मार्मिक र सान्दर्भिक छ। उनको बाल्यकालको पढाइ कमजोर थियो तर उनलाई गणित र विज्ञानमा रुची थियो। 

यद्यपि विद्यालयमा पढाएको नबुझेका कारणले अल्बर्ट आइन्सटाइन नजिकको पुस्तकालयमा गएर गणित र विज्ञान पढ्ने गर्थे। केही वर्षमा उनी गणित र विज्ञानमा धेरै नै जान्ने भए। जसको परिणामस्वरुप उनी विश्वकै महान् वैज्ञानिक बन्न सफल भए। यसैगरी मार्टिन लुथर कि‌ंग, जो कालो रंगको भएका कारण विद्यालय जान र अध्ययन गर्न पाएनन्। तर पुस्तकालयका पुस्तकहरुको लुकीलुकी स्वअध्ययन गरी कालो रङ्खका मानिसको अधिकार प्राप्ति गर्ने गहन काम गरे र नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल बने। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा पनि राणाकालमा धेरै मानिसहरुले अध्ययन गर्न पाएनन् र पुस्तकालय स्थापना गर्न खोज्दा दण्डित हुनपुगी पुस्तकहरु लुकीलुकी स्वअध्ययन गरी सचेत बन्ने र बनाउने काम गरेर निरंकुस राणा शासनको अन्त्य गर्न सफल बनेको इतिहास हामीमााझ छर्लंग छ। 

नेपालमा रहेका विभिन्न पुस्तकालयमध्ये विद्यामन्दिर पुस्तकालय एक अग्रणी नाम हो। बागलुङबासीका काकाका रुपमा परिचित समाजसेवी ओमप्रसाद गौचनले विसं १९९७ मा शिक्षाको माध्यमबाट समाजमा सचेतना फैलाउने उद्धेश्यले घरेलु उद्योग विद्यामन्दिरको नामबाट औपचारिक अङ्ग्रेजी शिक्षा र घरबुना कपडा बुन्न सिकाउने तानको व्यवस्था गरेको पाइन्छ। 

यसबाट औद्योगिक विकासका साथै शिक्षाको जग बसाल्ने कामको थालनी भयोे। त्यसै क्रममा २००३ सालमा विद्यामन्दिर पुस्तकालयको स्थापना भयो। तत्कालिन जटिल निरङ्कुश जहानियाँ राणाशासनको समयमा पुस्तकालयको स्थापना गर्नु सहज काम थिएन। त्यो अवस्थामा स्थापना भएको पुस्तकालय अहिले नेपालका पुराना पुस्तकालयमध्ये महत्वपूर्ण पुस्तकालयको रुपमा परिचित छ।  यसरी साह्रै दुःख कष्टका साथ स्थापना भएको पुस्तकालयमा तत्कालीन शासकको नकरात्मक दृष्टि पर्न गई  करिब डेढ वर्ष बन्द हुन पुग्यो। केही समयको बन्दले यहाँका जागरुक युवावर्ग, शिक्षाप्रेमी, पुस्तकालयप्रेमीको साथ सहयोगले निरन्तर सन्चालनमा भई वर्तमान अवस्थामा आइपुगेको छ।

पुस्तकालयले कुनै बेला पुस्तकालयसम्म पुगेर अध्ययन गर्न नसक्नेका लागि घरपरिवारका बेफुर्सदी गृहिणी, बन्दी जीवन बिताइरहेका कैदीहरुलाई हरेक शनिबार घुम्ती पुस्तकालयको सञ्चालन गरको पाइन्छ। यसबाट घरघरमा व्यस्त जीवन बिताउन बाध्य नारीहरुलाई पुस्तकालयका पुस्तक अध्ययन गरी आफ्नो ज्ञानको क्षेत्र विस्तार गर्ने अवसर प्राप्त भयो।

विद्यामन्दिर पुस्तकालयले आफ्नो स्थापनाकालदेखि सचेतना बढाउने कार्यलाई निरन्तरता दिँदै स्थानीय र राष्ट्रियस्तरका साहित्यिक क्रियाकलाप गँदै आएको छ। यसैक्रममा २०६१ देखि महाकवि देवकोटा जयन्ती र अन्य कवि स्रष्टा लेखकहरुको जयन्ती मनाउने र  साहित्य गोष्ठी, कवि गोष्ठीलगायतका साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

त्यस्तै पुस्तकालयले कोचिङ कक्षाको सञ्चालन गरेको पाइन्छ। पुस्तकालयका लागि आवश्यक आर्थिक रकमको व्यवस्था गर्नका नाटक प्रदर्शन गरिएको थियो। त्यस किसिमका सिर्जनात्मक क्रियाकलापले पुस्तकालयमा रकम उठाउन सहयोग पुगेको र अहिले करिब १४००० पुस्तकहरु रहेको यस पुस्तकालयले हरेक समयमा क्रियाशील पुस्तकालयसेवीहरुको साथ पाउँदै आएको छ। 

मुष्टिदान कार्यक्रम, उपहार कार्यक्रम र भदौरे नाच आदि कार्यक्रम सञ्चालन गरी पुस्तकालयको निरन्तर सञ्चालन र व्यवस्थापनको भएको पाइन्छ। पुस्तकालय सञ्चालनार्थ पुस्तकाध्यक्ष तथा सहयोगी मानवीय स्रोतको तलब भत्ता र पुस्तक पत्रपत्रिका, बिजुली, फोन, पानी आदि व्यवस्थापन गर्न अक्षयकोषको व्यवस्था गरिएको छ। अहिले यो पुस्तकालयका आफनै ३ तले नयाँ पक्की भवन रहेको छ। यसै भवनबाट पुस्तकालयका सेवाहरु प्रवाह भएको छ।

यस भवनको भूइँतलामा दुईवटा शटरहरु र भवनको सबभन्दा माथिल्लो तलामा रहेको नेपाल दूर सञ्चार संस्थानसँगको टावरबाट प्राप्त भाडाबाट पुस्तकालयको नियमित खर्च चलेकोे छ। यसैगरी पुस्तकालयमा साहित्यकार प्रेम छोटाले आफ्नो आमा स्व. रत्नकुमारी श्रेष्ठको स्मृतिमा वि. सं. २०३७ मा स्थापित रत्न–श्रेष्ठ पुरस्कार गुठीको स्थापना गरी वि. सं. २०५९ देखि यसै पुस्तकालयको दोस्रो तलामा रत्न–श्रेष्ठ पुरस्कार नेपाली वाङ्मय विभागको नामबाट सञ्चालित छ। 

बागलुङमा सञ्चालित पुरानो पुस्तकालयमा अहिले लाइब्रेरी फाउन्डेशनको सहकार्य तथा एन्आरएनका सोमप्रसादको सहयोगमा ई–लाइब्रेरी सञ्चालन भएको छ। यसैगरी धवलागिरि बहुमुखी क्याम्पस, बागलुङका पूर्व क्याम्पस प्रमुख बैकुण्ठप्रसाद बिजुक्षेबाट पुस्तकालयमा आध्यात्मिक चिन्तन र अध्ययन कक्षको व्यवस्थापन गरी पाठकको सङ्ख्यालाई बृद्धि गर्ने उद्देश्यले अक्षय कोषको भएको छ। साना बालबालिकालाई सहज गराउन पुस्तकालयले बालविकास केन्द्र सञ्चालन गरिरहेको छ  र ३ वर्षदेखि ५ वर्षका बालबालिकाहरुलाई गुणस्तरीय अवसर प्रदान गरेको छ।

पुस्तकालयमा नियमित पाठकको  संख्यामा वृद्धि गराउने उद्देश्यले वि. सं. २०६५ मा रत्न–श्रेष्ठ पुरस्कार नेपाली वाङ्मय विभागका संरक्षक प्राज्ञ प्रेम छोटाले हरेक वर्षेनि एकजना नियमित पाठकलाई पुरस्कृत गर्ने गरी अक्षय कोषको स्थापना गर्नुभएको छ। यस कोषबाट हरेक वर्ष पुस्तकालयको वार्षिक साधारणसभामा नगद पुरस्कार प्रदान गर्ने गरिन्छ।  

पुस्तकालयले हरेक वर्ष भदौ १५ गते सिर्जनात्मक कार्यक्रमका साथ राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आइरहेको छ। यस पुस्तकालयमा अहिले विभिन्न स्मृति पुरस्कार कोषहरु स्थापना भएका छन जसमा गंगाप्रसाद स्मृति पुरस्कार, हरि–मोहन स्मृति पुरस्कार, उत्कृष्ट पाठक पुरस्कार आदि रहेका छन्। यस पुस्तकालयले आफनोे रजत, स्वर्ण र हिरक जयन्तीमा मुखपत्र/बुलेटिन झिल्काका ५ अङ्कहरु प्रकाशन गरेको छ। 

अहिले नेपालमा ठाउँ ठाउँमा पुस्तकालयहरु रहेका छन। कतिपय ठाउँमा सरकारले र कतिपय ठाउँमा स्थानीय समाजसेवीले बनाएका छन्। तथापि गाउँहरूमा पुस्तकालय धेरै नै कम छन्। यदि सबै समाजमा पुस्तकालय स्थापना गरी सबै नागरिकले प्रयोग गर्न र महत्व बुझ्न सकेमा ज्ञान हासिल गर्न, मानसिक  जागरण ल्याउन, परिश्रम गर्ने बानीको विकास गर्न र देश अगाडि बढाउन, समस्याको निवारण गर्न सकिन्छ। त्यसैले अब हरेक समाज र स्कूलमा पुस्तकालय हुन र यसलाई सबै नागरिक र विद्यार्थीहरुले उपयोग गर्नु पर्दछ।  

पुस्तकालय जीवन परिवर्तनको मुख्य आधार हो किनकि जब मानिस सभ्य, सुसंस्कृत हुन्छ तबमात्र ऊ परिवर्तनका लागि अहोरात्र खटिइरहन सक्दछ। त्यो मानिसले मात्र समाजमा परिवर्तन गर्न सक्दछ जुन मानिसको आनीबानी, व्यवहार परिवर्तन ल्याउनका लागि आवस्यक शिक्षा हासिल गरेको हुन्छ। पहिले अनौपचारिक ढंगले शिक्षा प्रदान गर्नका लागि पुस्तकालयको महत्व सदैव अपरिहार्य रहन्थ्यो भने अहिले आएर औपचारिक वा अनौपचारिक दुवै किसिमको शिक्षाको मेरुदण्डको पुस्तकालय हो। वास्तवमा जीवनका हरेक पलमा पुस्तकालय आवश्यक हुन्छ।  त्यसैले पुस्तक बिनाको जीवन सार्थक भन्न सक्दैन जुन मानिस पुस्तकसँग लडिबुडी गर्दछ र हरेक पुस्तकका पाना पाना पल्टाएर त्यसको भाव बुभ्न सक्दछ त्यो मानिसमात्र जीवन र जगतलाई बुभmन सक्दछ। 

जीवन एउटा सिकाइ हो यो सिकाई निरन्तर चलिरहन्छ वास्तवमा भन्ने हो भने गर्भदेखि चितासम्मको यात्रामा हरेक दिन सिक्नुपर्ने हुन्छ। यस्ता सिकाइका लागि पुस्तकालय महत्वपूर्ण अङ्ग हो। विश्वका विभिन्न देशका दार्शनिक, राजनैतिक  विचारक, चिन्तकदेखि नेपालका विभिन्न राजनीतिज्ञ, साहित्यकारहरुलाई हेर्दा, उहाँहरूको जीवनी केलाउँदा औपचारिक शिक्षासंगै अनौपचारिक शिक्षा लिएर जीवनलाई बुझ्ने र जीवन परिवर्तनको मार्गदर्शन गर्न र गराउन विभिन्न पुस्तकहरु पढेको र लेखेको पाइन्छ। यी सबै क्रियाकलापका लागि पुस्तकालय अत्यन्त महत्वपूर्ण रहेको पाइन्छ। यसरी जीवन परिवर्तनको आधार पुस्तकालय हो र जीवनलाई सभ्य बनाउन, जीवन र राष्टको बागडोर सहज रुपमा चलाउन पुस्तकले निखारपन ल्याउँने हुदाँ वर्तमान समयमा पुस्तकालयको भूमिका दिनप्रतिदिन थपिँदै गएको छ। 

नेपालमा पहिले धेरै पुस्तकालयहरु थिएनन् थोरैमात्र मानिसले बल्लतल्ल पढेका हुन्थे। पढ्न नपाउनुमा विभिन्न समस्याहरु कारक थिए तीमध्ये आर्थिक, सामाजिक, सांस्कृतिक, पारिवारिक, राजनैतिक अवस्था आदि कारणहरु रहेका थिए। त्यसैले गर्दा केही मानिसले मात्र पढ्ने अवसर प्राप्त गरेका थिए भने धेरै मानिसहरु शिक्षाको उज्यालो घामबाट टाढा  रहन विवश थिए। यस्तो अवस्थामा पुस्तकालयको भूमिका महत्वपूर्ण हुन्थ्यो जो मानिसमा पढाइप्रति लगाव हुन्थ्यो तर पढ्नका लागि आवश्यक स्रोत, साधन र खर्च आदिको अभाव हुन्थ्यो। त्यस्ता मानिसहरुलाई स्वअध्ययन गर्नका लागि पुस्तकालयले अत्यन्त गहन भूमिका खेलेका हुन्थे। 

यद्यपि देशका केही स्थानमा केही विद्यालय र पुस्तकालय खोले पनि तिनमा सबैको पहुँच पुगेको थिएन। तर अहिले औपचारिक शिक्षाका लागि विभिन्न ठाउँमा विभिन्न विद्यालय र पुस्तकालयहरु खोलिएका छन् र खोलिने क्रममा छन्। अहिले विभिन्न प्रकारका विद्यालयहरु जस्तै संस्थागत,सरकारी विद्यालय, विश्वविद्यालयहरु स्थापना भएका छन्। यस्ता प्रकारका शैक्षिक संस्थाहरुबाट अहिले सहजरुपमा अध्ययन गर्न सकिन्छ। तथापि पौराणिक ज्ञान, दर्शन, कला, साहित्य, संगीत लगायतका महत्वपूर्ण अध्ययन अनुसन्धानका लागि पुस्तकालय अभिन्न अङ्ख बन्न पुगेको छ। 

आजको विज्ञान प्रविधिको युगमा विद्यार्थी वा शिक्षार्थीका लागि पुस्तकालय एक भरपर्दो माध्यम हो। तथापि आज सन्चारका विविध साधनहरु जस्तै मोबाइल, कम्प्युटर, ल्यापटप, आइप्याड, ट्याब्लेट आदिको माध्यमबाट आफ्नो ज्ञानको क्षेत्रलाई सहज रुपमा विस्तार गर्न सकिन्छ। राज्यले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा अङ्गिकार गरेको वर्तमान सन्दर्भमा देशका जनताको चेतनास्तर माथि उकास्न हरेक तहमा स्थापित र सञ्चालित पुस्तकालयलाई समयमा नै स्तरोन्नति गर्नु आजको टड्कारो आवश्यकता हो।

पहिले पुस्तकहरुको 'हार्ड कपी' मात्र तयार गर्ने प्रचलन थियो र त्यस्ता पुस्तकहरूलाई पुस्तकालयमा लगेर राखिन्थ्यो तर अहिले हार्डकपीसँगै सफ्टकपी पनि तयार गर्ने गरिएकाले दुवै किसिमका माध्यमबाट पुस्तकहरूलाई पुस्तकालयमा राखिन्छ। त्यस्तो विधिको प्रयोग गरी पुस्तकहरु राख्ने प्रविधिको विकास अहिले नेपालमा पनि भइसकेको छ। पुस्तकहरुको लागि अन्तर्राष्ट्रिय नम्बर आईएसबिएन राख्ने र पत्रपत्रिकाहरुका लागि आइएसएन नम्बर राख्ने गरिनुले पुस्तकालयको विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। 

आजको एक्काइसौं शताब्दी इ–पुस्तकहरु राखेर इलेक्ट्रोनिक्स पुस्तकालय बनाउने गरिएको छ जसबाट पुस्तक र सामग्रीलाई तुरुन्त प्राप्त गर्न सकिन्छ भने त्यसको प्रयोग व्यवस्थापन गर्न सहज हुन्छ। अब पुस्तकालयको भौतिक पक्षसँगै प्राविधिक पक्षलाई पनि मिलाएर व्यवस्थित गर्नसके समयमा देश, परिवेश र विश्वव्यापी सन्दर्भ अनुसार पुस्तकालयलाई सबल सक्षम प्रभावकारी बनाउन सकिने देखिन्छ।  

बौद्धिक चोरी रोक्न, सामग्रीको व्यवस्थित प्रयोग गर्न र गराउन सके लेखकको दक्षता, क्षमताको सम्मान हुनुका साथै मौलिकपनको विकासमा टेवा पुग्न जान्छ। अरुलाई सम्मान गर्ने मात्र नभई अरुबाट सिक्ने, गर्दै सिक्ने, गल्तीबाट सिक्ने अवसरहरु प्रशस्त प्राप्त गर्न सकिन्छ। अतः यस सन्दर्भमा सबैको समयमै यथोचित ध्यान पुग्न सके पुस्तकालय जीवनको आधार, सिक्ने सिकाउने काममा पुस्तकालयले  पुरा गर्दछ हामी सबैको सपना साकार भन्ने मूलमन्त्रलाई आत्मसात गरी अगाडि बढ्न सकिन्छ।

यसका लागि भइरहेका पुस्तकालयहरूको स्तरवृद्धि गर्नुका साथै हरेक प्रदेशमा उत्कृष्ट किसिमका प्रदेश पुस्तकालय बनाएर त्यहाँ सबै किसिमका पुस्तक, ऐतिहासिक महत्वपूर्ण दस्तावेजहरूको संरक्षण गर्ने, ऐतिहासिक क्षेत्र, जातजाति, भाषा, धर्म संस्कृति आदिको पहिचान झल्कने किसिमका अध्ययन अनुसन्धानमा जोड दिँदै यस्ता किसिमका पुस्तकहरूको दस्तावेज बनाएर राख्न सके हामीले गरेको कामबाट नयाँ पुस्ताले केही सिक्ने छन्। 

आजको हाम्रो कामबाट नयाँ पुस्तालाई मार्गदर्शन बन्नेछ भने भोलिको लागि इतिहास रच्ने काम अहिलेका पुस्ताको भएको कारणले पुस्तकालयको स्थापना, व्यवस्थापन, प्रवर्द्धन र स्तरोन्नति गर्ने जिम्मा अब हामी सबैको काँधमा रहेको छ। सरकारको मात्रै मुख नताकी हामी सबैले हातेमालो गर्दै पुस्तकालयको श्रीवृद्धिमा लागौं, आफू पनि पढौं र अरुलाई पनि पढ्ने वातावरण सिर्जना गराैं। नयाँ खोज अनुसन्धान गर्नका लागि प्रेरित गरौं। हारेर हैन लडेर भए पनि ज्ञान हासिल गर्न, सीप सिक्न र यसलाई दैनिक जीवनमा प्रयोग गर्नका लागि हामी सबै एकजुट भएर लागौं। पुस्तकालयको मर्मलाई हामी सबैले बुझौँ र बुझाऔं।

संस्कृति, दर्शन, कला, धर्म, साहित्य, संगीतको प्राण
पुस्तकालय बिना सार्थक छैनन्, त्यसैले गरौं संरक्षण।

(पन्त धवलागिरि बहुमुखी क्याम्पस बाग्लुङमा अध्यापनरत छन्)

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्