काठमाडौ-लिवर्टी इनर्जी कम्पनीको प्राथमिक शेयरमा ३० कित्तासम्मका लागि आवदेन दिने जति सबैले प्राप्त गरेका छन्। ४० कित्ता भन्दा माथिको आवदेन दिनेमध्ये २५ हजार ६२० जनाले थप १० कित्तासहित ४० कित्ता प्राप्त गरेका छन्।
सोमबार भएको बाँडफाँडमा १० कित्ताका लागि मात्रै आवेदन दिएका ९४ हजार ९०४ जनाले १० कित्ता नै प्राप्त गरेका छन्। त्यस्तै २० कित्ताका लागि आवदेन दिने ४५ हजार ४८ जनाले २० कित्ता नै प्राप्त गरेका छन्। त्यस्तै ३० कित्ताभन्दा धेरै आवदेन दिने ३६ हजार ५५४ जनाले ३० कित्ता प्राप्त गरेका छन्। र ३० कित्ताभन्दा धेरैका लागि आवेदन दिनेमध्ये २५ हजार ६२० जनाले लक्की ड्र मार्फत् थप १० कित्तासहित ४० कित्ता शेयर प्राप्त गरेका हुन्।
कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा एक लाख ८८ हजार ४९९ जनाले रित पुर्याएर आवेदन दिएका थिए। आवेदन दिनेमध्ये १२६ जनाको रद्ध भएको छ।
कम्पनीले प्रभावित क्षेत्रमा नबिकेकोसहित ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो। उक्त शेयरमध्ये कर्मचारीका लागि ४५ हजार कित्ता छुट्टाएकोमा ६ हजार एक सय कित्तामात्रै खरिद गरेका छन्। त्यस्तै म्युचुअल फण्डका लागि एक लाख १२ हजार कित्ता छुट्टाएकोमा कसैले पनि खरिद गरेनन्।
यसरी प्रभावित क्षेत्रका बासिन्दा, कर्मचारी र म्युचुअल फण्डले खरिद नगरेको शेयर सर्वसाधारणका लागि बिक्री गरिएको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।