काठमाडौं-उपकार लघुवित्त वित्तीय संस्थाले एक लाख २६ हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
संस्थाले प्राथमिक शेयर निष्काशनका लागि नेपाल एसविआई मर्चेन्ट बैंकिङलाई धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ।
संस्थाको हालको चुक्ता पुँजी चार करोड २० लाख रुपैयाँ रहेको छ। सस्थाले एक करोड २६ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेपछि ५ करोड ४० लाख रुपैयाँ पुग्नेछ। गत आर्थिक वर्षमा संस्थाले ४७ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।