काठमाडौं-सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ। आइतबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो। आइतबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ।
आइतबार प्रतितोला १३ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी सोमबारका लागि १३ सय ६५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।