काठमाडौं-इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले मिडफिल्डर डोनी भान डी विकलाई आफ्नो क्लबमा अनुबन्धन गर्न सहमत जनाएको छ।
आयाक्स क्लबले आफ्ना मिडफिल्डर बेच्न ४० मिलियन पाउण्डको रिलिज क्लज राखेको थियो। यो मूल्य तिर्न युनाइटेडले सहमति जनाएको हो। नेदरल्यान्ड्सका २३ वर्षीय खेलाडी डोनीलाई आफ्नो क्लबमा ल्याउन युनाइटेडका प्रशिक्षक आले गुनर सोल्सायरले इच्छा देखाईरहेका छन्।
युनाइटेडले डोनीलाई ५ वर्षको लागि आफ्नो क्लबमा अनुबन्धित गर्न लागेको हो। त्यसैअनुरुप तयारी पनि थालेको छ। युनाइटेडले यही सेप्टेम्बर १९ तारिखमा क्रिस्टल प्यालेससँग खेल्दै प्रिमियर लिगमा सुरुवात गर्दैछ। २०१९ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा आयाक्सलाई युर्याउन निकै ठूलो भूमिका खेलेका उनलाई भित्र्याउन युनाइटेडले मुख्य प्राथमिकतामा राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।