काठमाडौं- सरकारले सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानालाई ल्हासा र हङकङको महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूलाई महावाणिज्यदूत बनाउने निर्णय गरेको हो।
दुवै स्थानमा महावाणिज्यदूत रिक्त थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रहेका ढकाल ल्हासा र झापाका प्रमुख जिल्ला अधिकारी रहेका राना हङकङ जानेछन्। उनीहरूको कार्यकाल ४ वर्षको हुनेछ।
ल्हासाका महावाणिज्यूत रहेका गोविन्द कार्की र हङकङका महावाणिज्यदूत कमल भट्टराई कार्यकाल पूरा गरी केही समयअघि नेपाल फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।