काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिबारे कुनै प्रस्ताव मन्त्रिपरिषदमा नलगेको बताएका छन्।
आइतबार राति नेपाल लाइभसँग कुरा गर्दै मन्त्री पुनले घिसिङको कार्यकाल २९ गतेसम्म बाँकी रहेको र प्रधानमन्त्रीले पनि त्यतिन्जेल कुर्न भनेको बताए।
'मैले यसअघि नै प्रधानमन्त्रीसँग कुरा गर्दा घिसिङजीको कार्यकाल भदौ २९ गतेसम्म बाँकी छ, त्यतिन्जेल कुर्नुस् भन्नुभएकाले आज कुनै प्रस्ताव लगेको छैन,' उनले भने।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पदावधि सकिनै लाग्दा उनको पुनर्नियुक्तिलाई लिएर अनेक अड्कलबाजी चलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।