काठमाडाैं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयले विदेशबाट स्वदेश फिर्ता हुने नेपालीहरूलाई सहजीकरण र अनुगमनका लागि भन्दै कमिटी गठन गरेकाे छ। मन्त्रलयमा आइतबार भएकाे छलफलमा नेपालीहरूको स्वदेश फिर्तिलगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको हाे।
समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा,नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन्।
समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने,हानलगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।