काठमाडौं- नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन देशसँग दुईपक्षीय हवाई सम्झौता गर्ने भएकाे छ।
भदाै १४ गते आइतबार भएको मन्त्रालयको उच्च स्तरीय व्यवस्थापन समूहको बैठकले तीन देशसँग हवाई सम्झौता गर्ने निर्णय गरेकाे हाे।
मन्त्रालयले इन्डोनेसिया, फिनल्यान्ड र रूससँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।