• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१४ वर्षयताको एउटा अनुत्तरित प्रश्न- बेपत्ता पारिएकाहरूको अवस्था कहिले थाहा हुन्छ?

64x64
दुर्गा दुलाल आइतबार, भदौ १४, २०७७  १५:०७
1140x725

काठमाडौं- पूर्वसांसद रुपा महर्जनले बेपत्ता पारिएका आफ्ना पति (सुचिन्द्र महर्जन, तत्कालीन नेकपा माओवादी नेता) को मृत्यु भइसक्यो वा छैन भन्ने थाहा  पाएकी छैनन्। कसले बेपत्ता पारेको हो भन्ने पनि उनलाई थाहा छैन। २०६० सालमा उनको पतिलाई सादा पोशाकमा आएका मानिसले लगेका थिए। ‘केही काम छ’ भन्दै लगेका उनी आजसम्म फर्केका छैनन्।

कसले र किन बेपत्ता पार्‍यो? उनी  जिउँदो छन् कि मरे भन्नेसम्मको जानकारी उनले पाएका छैनन्। सरकारले  बेपत्ता आयोग गठन गरेपछि उनले आयोगमा उजुरी पनि दिएकी थिइन्। तर आयोग चार वर्षसम्म केही नगरी विघटन भएपछि भने न्याय पाइने आश सकियो। ‘फेरि आयोग गठन भए पनि कहिले न्यायको प्रक्रिया पूरा होला र हामीले परिवारको बारेमा जान्न पाउँला?’, रुपाले भनिन्, ‘अवस्थाबारे मात्रै जान्न पाए हुन्थ्यो, कति आश मात्र गर्नु!’

लामो संघर्षपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनेकाले त्यसले सत्यतथ्य पत्ता लगाउनेमा आफू आशावादी भए पनि दोषीलाई कारबाही हुने कुरामा भने उनलाई शंका छ।

कसैले ढोका ढकढकायो कि बारबर्दिया १ जमुनिया बर्दियाकी देवीसरा वलीलाई श्रीमान नै फर्केएकी भन्ने आशा पलाउँथ्यो। तर उनी धेरै वर्षदेखि  यी सवैकुरा बिर्सन थालेका छन्। बितेको १८ वर्ष देवीसराको आँखा कसैको पर्खाइमा यसैगरी बाँचिरहेका छन्।

‘मासु लिएर आउँछु, मसला पिसेर राख है’ भन्दै उनका श्रीमान सुरेश कुमार वली घरबाट निस्किएको १८ वर्ष भयो। २०५९ साल पुस ७ गते बिहान साढे ६ बजे नै सुरेशकुमार घरबाट निस्किएका थिए। देवीसरा गर्भवती थिइन्। गर्भवती श्रीमतीलाई पुसको चिसोमा मासु खुवाउन भन्दै उनी पसलतर्फ लागेका थिए।

सामान्य खेती किसानी गरी जीविको पार्जन गर्दै आएका श्रीमानलाई घरबाट निस्किए लगत्तै प्रहरीले बाटोमै पक्राउ गरेर लगेको देवीसरालाई याद छ। त्यसपछि के गरियो, कहाँ लगियो, अहिलेसम्म पनि थाहा पाउन सकेकी छैनन्। बितेका यत्रा वर्षमा उनले न्यायका लागि धेरै संघर्ष गरिन्। आयोग गठन भएपछि उजुरी पनि दिइन् तर श्रीमान कहाँ छन्, थाहा पाइनन्। अहिले उनलाई न्याय पाउन आश छैन। ‘सधै सबैले आश मात्र देखाउने रहेछन्, न्याय पाउन सजिलो रहेनछ’,देवीसरीले भनिन्।

देवीसरा र रुपा उदाहरण मात्र हुन्। २०५२ देखि २०६२ सालसम्म चलेको बेपत्ता भएका सबैको साझा पीडा यस्तै छ।

आइतबार ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस आइरहँदा पीडित परिबारले बेपत्ता परिबारलाई घरमै बसेर सम्झिरहेका छन्। कोरोना महामारीका कारण पीडितहरु कुनै पनि कार्यक्रम नगरी सम्झिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

पीडितका ४१ संस्थाको एउटै प्रश्न- सरकार! शान्ति सम्झौताको ६ महिना कहिले पूरा हुन्छ?आइतबार, भदौ १४, २०७७

दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका धेरै मानिसहरुको अवस्था अझै अज्ञात छ। शान्ति सम्झौता भएको वर्ष पुगिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाका परिवारले आफ्ना आफन्तको अवस्थाबारे थाहा पाउन सकेका छैनन्।

कति छन् बेपत्ता?
राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांक अनुसार राज्यबाट ८४२ र तत्कालीन माओवादी पक्षबाट १५२ व्यक्ति बेपत्ता भएका छन्। तर बेपत्ता परिवार समाजको तथ्यांङमा भने राज्यद्वारा बेपत्ता पारिएका व्यक्तिको सङया एक हजार ९५ छ। 

आयोगले बलपूर्वक बेपत्तासम्बन्धी उजुरीको छानबिनका क्रममा देशमा ९ स्थानमा शवोत्खनन् गरी अनुसन्धान गरिसकेको छ। 

बेपत्ता आयोगमा २८ सय उजुरी रहेका छन्। ती उजुरीमा प्रारम्भिक अध्ययन आयोगले गरेको छ।

यस्तो छ,  बेपत्ताको अन्तर्राष्ट्रिय इतिहास
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस प्रत्येक वर्ष ३० अगस्टका दिन मनाउने गरिएको छ। दिवस मनाउने क्रमको सुरुआत सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको हो।

अन्तर्राष्ट्रिय रुपमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाले यसबारे विश्वव्यापी रुपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन्।

नेपालमा विगतमा भएको दशवर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो संख्यामा नागरिक बेपत्ता पारिएको थियो। विस २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता आज १४ वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन।

लम्बेतान प्रक्रिया
सशस्त्र द्वन्द्वपछि नेपालमा जस्तै धेरै देशमा यस्ता आयोग गठन भए पनि त्यसमा सफलता हात लागेका उदाहारण भने निकै कम छन्। प्रायः देश पीडितलाई न्यायको महसुस गराउन असफल भएका छन्। 

हालसम्म ६० भन्दा बढी देशहरुमा संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन आयोगहरु गठन भएका छन्। तीमध्ये अफ्रिकी महादेशका १९, एसिया-प्यासिफिक क्षेत्रका १०, युरोपका ११, अमेरिकी महादेशका १४ र मध्य पूर्वका ८ देशमा यस्ता आयोगहरु गठन भएका छन्।

‘यसमा पीडितले न्याय पाउन निकै समय पनि लाग्न सक्छ। तर, यो टार्न सकिने विषय भने होइन’, अन्तर्राष्ट्रिय मानव अधिकार कानुनका जानकार अधिवक्ता राजु चापागाईंले भने, ‘पहिले बेवास्ता गरिए पनि दशकौंपछि आएर पनि दोषीले सजाय पाएका केस थुप्रै छन्। धेरै देशमा संक्रमणकालीन न्यायका लागि स्थापना गरिएका ती आयोगको म्याद तीन गुणासम्म थप गरिएका छन्।’

संक्रमणकालीन न्यायका अध्येता एवं बेपत्ता व्यक्ति छानबिन आयोगका पूर्वसदस्य प्राध्यापक डा विष्णु पाठक संक्रमणकालीन न्याय लम्बेतान प्रक्रिया भएको बताउँछन्। ‘यसमा पीडितले न्याय पाउन निकै समय पनि लाग्न सक्छ’, पाठक भन्छन्, ‘तर, यो टार्न सकिने विषय भने होइन। पहिले बेवास्ता गरिए पनि दशकौंपछि आएर पनि दोषीले सजाय पाएका केस थुप्रै छन्।’

यो पनि पढ्नुहोस्

झन् पीडामा बेपत्ताहरूका आफन्तआइतबार, भदौ १४, २०७७

डा पाठकले भनेझैं त्यसको एउटा उदारण हो, सार्कभित्रकै देश- बंगलादेश। सन् १९७१ को स्वतन्त्रता संग्रामका बेला बंगलादेशमा भएका आम नरसंहार, युद्ध अपराधमा संलग्न पीडकलाई दण्ड दिन त्यहाँको संसद्ले अन्तर्राष्ट्रिय अपराध न्यायलय ऐन १९७३ जारी गरेको थियो। 

लामो समयसम्म पनि त्यो ऐन कार्यान्वयनमा नआएपछि सन् २००९ मा  संसद्ले उक्त ऐनमा महत्वपूर्ण संशोधन गर्‍यो। परिणाम स्वरुप देशभित्रै अन्तर्राष्ट्रिय अपराध न्यायालयको स्थापना गरियो, जसको मुख्य लक्ष्य भनेको १९ वर्ष लगाएर १३ जना अनुसन्धानकर्ताले गरेको युद्ध अपराध सम्बन्धी अनुसन्धानमा उल्लेख गरेका पीडकलाई दण्ड दिलाउनु थियो।

उक्त न्यायलयले झन्डै ४० वर्षपछि युद्ध अपराधमा संलग्न भएकालाई सन् २०१०-२०१६ सम्ममा दण्ड सुनायो। १७ जनालाई मृत्युदण्ड नै दिइसकेको छ, जसमा १५ जना उपल्लो हैसियत भएका नेताहरु थिए। 

मृत्युदण्ड पाउने नेताहरुमा बंगलादेशकै सबभन्दा ठूलो दल मुस्लिम जमात ई-इस्लामिक पार्टीका ९ जना थिए।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान उनी कतार एअरवेजमा दोहा ट्रान्जिट हुँदै न्यूयोर्क पुग्नेछन् । प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्... मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्