फाइल तस्बिर
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको हवाई नीति २०७७को मस्याैदामा १२ वर्षभन्दा पुरानो प्रेसराइज्ड वायुयान आयात गर्न नपाउने उल्लेख गरिएको छ।
यसअघिको हवाई नीति २०६३ मा १५ वर्षसम्ममा पुरानो प्रेसराइज्ड वायुयान आयात गर्न पाइने व्यवस्था थियो। साथै इकोनोमिक डिजाइन लाइफको ५० प्रतिशत पुरा गरेको वा ३५ हजार प्रेसराइजेसन साइकल पूरा गरेकोमध्ये जुन पहिले हुन आउँछ त्यस्ता वायुयानहरुको आयातमा प्रतिबन्ध लगाउने हवाई नीतिमा २०७७ मा उल्लेख छ।
यसैगरी, प्रेसराइज्ड नभएका वायुयानको हकमा १५ वर्षभन्दा पुरानालाई आयात गर्न अनुमति प्रदान नगर्नेसमेत नीतिमा उल्लेख छ। यसअघि २०६३ को हवाई नीतिमा २० वर्षसम्ममा प्रेसराइज्ड नभएका वायुयान आयात गर्न पाउने थिए।
वायु सेवामा विदेशी लगानी
नीतिमा हवाई यातायात संरचनाहरुको जस्तै विमानस्थल, विमानस्थल क्षेत्रभित्र पर्ने सडक, रेलमार्ग, टर्मिनल भवन, कार्गो कम्प्लेक्सजस्ता पूर्वाधाहरुको विकास तथा सञ्चालन स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने उल्लेख छ। नीतिमा विदेशी लगानीको विषयसमेत स्पष्ट उल्लेख छ।
कुनमा कति विदेशी लगानी
• अन्तर्राष्ट्रिय वायुसेवामा-८० प्रतिशतसम्म
• आन्तरिक वायुसेवामा-४९ प्रतिशतसम्म
• फ्लाइङ्ग स्कुलमा-९० प्रतिशतसम्म
• मर्मत सम्भार संस्थामा-९५ प्रतिशतसम्म
• यात्रुसेवा सुविधा प्रदायक व्यवसायमा-७५ प्रतिशतसम्म
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।