• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २१, २०८३ Thu, Jun 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल एयरलाइन्समा बेथिति : २ अर्बका वायुयान मर्मत पार्टपुर्जा प्रयोगविहीन

सम्झौताविपरीत एयरबस-३२० को ‘सी चेक’ 
64x64
नेपाल लाइभ आइतबार, भदौ १४, २०७७  १४:२०
1140x725

काठमाडौं-व्यवस्थापनको लापर्वाहीका कारण राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगममा पछिल्लो समय आर्थिक बेथिति बढ्दो छ।
व्यवस्थापनले तयार पारेको कमजोर व्यावसायिक योजनाका कारण निगम घाटामा समेत गइरहेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा झन्डै २ अर्ब नोक्सानीमा गएको निगम गत आव २०७६/०७७ मा झन्डै ५ अर्ब नोक्सानीमा गएको अनुमान गरिएको छ।

नेपाल एयरलाइन्स बढी नोक्सानीमा जानुको एउटा प्रमुख कारण जहाज मर्मत सम्भारमा हुने खर्च पनि हो। निगमको वायुयान मर्मतसम्भार गर्ने ह्याङगरलगायत भौतिक संरचनासमेत निकै पुरानो र जीर्ण अवस्थामा पुगे पनि मर्मत हुन सकेको छैन। ह्याङगरमा भएका जिन्सी विवरण अनुसार ३ अर्ब ६० करोडको वायुयान पाटपुर्जा तथा अन्य सम्पत्ति छ।

तर, त्यसमध्ये १ अर्ब ८१ करोडको जिन्सी प्रयोगविहीन अवस्थामा छ। जसका कारण निगमलाई आर्थिक भार थपिँदै गएको महालेखाको ५७ औं प्रतिवेदनमा उल्लेख छ। 

 निगमसँग भएको मर्मत सम्भारको संरचना पुरानो ट्वीनअटरका लागि मात्र उपलब्ध छ। बोइङ (जुन अहिले उडानमा छैन) एयरबस–३२०, ३३०, एमए–६०, वाई–१२ जहाजका लागि कुनै पनि मर्मत सम्भारको ह्याङ्गर कम्पोनेन्ट, इक्विप्मेन्ट, स्पेयर पार्टस् र वर्कसपको संरचना निर्माण हुन सकेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

जसका कारण मर्मत सम्भारका लागि विदेशमा पठाउनु पर्दा निगमलाई ठूलो आर्थिक भार परेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।
विभागको कार्यशाला डिभिजनअन्तर्गत भएका १२ सपमध्ये ईन्जिन सप, हाईड्रोलिक सप र अक्सिजन सपमा आवश्यक पर्ने प्राविधिक कर्मचारीसमेत छैन। धेरै सपहरु निकै जीर्ण र ट्वीनअटर जहाजका लागि मात्रै उपयुक्त भएको महालेखको ठहर छ।  साथै मर्मत कार्य गर्न आवश्यक पर्ने विज्ञ कर्मचारी नभएको र कर्मचारी अनुपस्थित हुँदा मर्मत कार्य नै रोकिने अवस्था रहेको छ। 

निगमको वायुयान सञ्चालनको महत्वपूर्ण हिस्सा कार्यशाला भएकाले उक्त समस्यालाई निराकरण गर्न स्पष्ट योजना तर्जुमा गरी कार्यशालाको प्रभावकारिता र कार्यक्षमतामा वृद्धि गुर्नपर्ने महालेखाको प्रतिवदेनमा उल्लेख छ। 

सम्झौताविपरीत एयरबस ३२० को सी चेक
नेपाल एयरलाइन्सले दुई पक्षीयसम्झौता विपरीत एयरबस ३२० को सी चेक गरेको फेला परेको छ। 

नेपाल वायुसेवा निगमको आर्थिक विनियमावली, २०६५ को विनियम २१७ अनुसार मर्मत सम्भार गर्ने संस्थाद्वारा जेट विमानको मर्मत सम्भार गराउने व्यवस्था उल्लेख छ। त्यसअनुसार ए–२० न्यारो बडी जहाजको सी २ चेकका लागि निगमले सिंगापुरको एक इन्जिनियरिङ्ग कम्पनीसँग २५ जनवरी २०१७ मा सम्झौता गरेको थियो। 

 त्यसपछि पुनः एक वर्ष थप गरी सोही फर्मलाई नै सी २ चेक गर्न दिएको थियो। उक्त सी २ चेक विधिमा जहाज उत्पादक कम्पनीले उपलब्ध गराएको निर्देशन बाहेक नेपाल एयरलाइन्सले अन्य थुप्रै मर्मतसम्भार गरेको  थियो। 

नेपाल एयरलाइन्सले ओभर एण्ड एभोव (नन–रुटिन टास्क) अन्तर्गत इन्भ्वाइस कपीको आधारमा अमेरिकी डलर २६ हजार २८४ भुक्तानी गरेको छ। निगमले सम्झौतामा उल्लेख भएभन्दा बढीको कार्य गराई विनिमय दर ११० रुपैयाँका दरले हुने २८ लाख ९१ हजार खर्च गरेको छ।  उक्त कार्य सम्झौताको सर्तभन्दा बाहिर रहेको महालेखाको ५७ औं प्रतिवेदनमा उल्लेख छ। निगमले सी २ चेकको सम्झौताको शर्तअनुसार कार्य गराउनु पर्ने महालेखाको भनाइ छ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक लेखा समितिको बैठक स्थगित
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
सार्वजनिक लेखा समितिको बैठक स्थगित बिहीबार, जेठ २१, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बिहीबार, जेठ २१, २०८३
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु बिहीबार, जेठ २१, २०८३
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले बिहीबार, जेठ २१, २०८३
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदीसँग भेटेपछि रविले भने, ‘नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ’ बुधबार, जेठ २०, २०८३
नेतृत्व विवादप्रति राप्रपाभित्र चर्को असन्तुष्टि, एकता र जिम्मेवारीबारे ज्ञानेन्द्र शाहीले उठाए प्रश्न बुधबार, जेठ २०, २०८३
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा स्वीकृत बुधबार, जेठ २०, २०८३
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता बुधबार, जेठ २०, २०८३
कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक [सूचीसहित] बुधबार, जेठ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्