काठमाडौं-महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले भदौ १३ गते सातौ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाले साधारणसभाबाट ७.५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनसको प्रस्ताव पारित गरेको हो। संस्थाले यस अगाडि चैत २२ गते साधारणसभा डाकेको थियो। कोभिडका कारण साधारणसभा भदौ १३ गतेका लागि सरेको थियो।
संस्थाको हालको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ। बोनस शेयर वितरण पछि चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ पुग्नेछ।
राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले ३४ वटा शाखा कार्यालयमार्फत् ३५ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारका लागि लघुउद्यम तालिम प्रदान गर्दै महिला उद्यमशीलता विकासमा जोड दिँदै आएको छ। संस्थाले असार २०७७ सम्म ३३ करोड ४१ लाख निक्षेप परिचालन गर्नुका साथै एक अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।