काठमाडौं- महालेखा परीक्षकको कार्यालयले काुननविपरीत छुट दिएको ३ करोड ५४ हजार रुपैयाँ असुली गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन गरेको छ।
महालेखा कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनमा नियमावलीविपरीत १ सय ९१ वटा फर्म तथा कम्पनीहरुलाई दिएको छुट रकम असुली गर्नुपर्ने उल्लेख छ। विमानस्थल सेवा शूल्क नियमावली २०७६ को नियम २८ (४) विपरीत छुट दिएको हुँदा असुली गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।
नियमावलीमा वायुसेवा सञ्चालन संस्थालाई नियमावली बमोजिम लाग्ने शूल्कको बिल जारी भएको ७ दिनभित्र भुक्तानी गरेमा ३ प्रतिशत रकम छुट दिने व्यवस्था छ। तर, प्राधिकरणले बिल जारी भएको ७ दिन नाघिसेकेका १ सय ९१ वटा बिलको भुक्तानमा पनि ३ प्रतिशत छुट दिएको छ।
उक्त विषय कानुनविपरीत भएको हुँदा ३ करोड ५४ हजार रुपैयाँ असुली गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।