• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

रामचन्द्रले देउवालाई हराउन सक्नुहुन्न : डा शशांक कोइराला [अन्तर्वार्ता]

नेपाल लाइभ शनिबार, भदौ १३, २०७७  १७:३१
1140x725

आगामी फागुनमै महाधिवेशन हुने सम्भावना टर्दै गए पनि कांग्रेसमा महाधिवेशनको चहलपहल सुरु भइसकेको छ। भावी नेतृत्वका लागि शीर्ष तहका नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। सार्वजनिक सञ्चार माध्यममा आफूले उम्मेदवारी दिने बताइरहेका नेताहरुले पार्टीभित्र आफ्नै समूहमा छलफल भने गरेका छैनन्।

महामन्त्री डा शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी स्वभाविक रहेको बताउँदै आएका छन्। संस्थापनइतर समूहबाट शेरबहादुर देउवालाई पराजित गर्न सक्ने एक्लो व्यक्ति आफू मात्रै भएको उनको दाबी छ। तथापि, देउवाले उम्मेदवारी दिने औपचारिक घोषणा भने गरेका छैनन्।

भावी सभापतिका आकांक्षी कोइरालासँग आसन्न महाधिवेशनको सेरोफेरोमा रहेर लिलु डुम्रे र डिबी खड्काले कोइराला निवास महाराजगन्जमा गरेको संवादः

तपाईंले केही दिनअघि सञ्चारमाध्यमा दिएको अभिव्यक्तिलाई चासोका रुपमा लिइएको छ। १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई हराउने म हुँ भन्नुभएको छ। अहिले कांग्रेसलाई देउवालाई हराउने व्यक्ति चाहिएको हो कि कांग्रेसीजन र नेपालीको मन जित्ने व्यक्ति चाहिएको हो?
शेरबहादुरजीले जसरी पार्टी हाँक्नुपर्ने थियो, त्यसरी हाँक्न सक्नुभएन। पार्टीमा परिवर्तन चाहियो। महाधिवेशन भनेको परिवर्तन पनि हो। पार्टीमा जोश र जाँगर आउनुपर्नेछ।

गत निर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन। आगामी निर्वाचनमा राम्रो ‘पर्फमेन्स’ देखाउनुपर्ने छ। आउँदो निर्वाचनमा कांग्रेस मजबुत भएर कम्युनिस्टलाई हराउने सम्भावना प्रचुर मात्रामा छ। हामी संगठित नै नभएर पनि हो। एउटाले टिकट पाए अर्कोले हराउनतिर लाग्ने छन्। पार्टीलाई एकठाउँमा उभ्याउन पनि परिवर्तन आवश्यक छ।

१३ औं महाधिवेशनपछिका चारवर्ष तपाईंले सभापतिका कदममा साथ दिनुभयो। जब महाधिवेशन नजिकिँदै गयो, सभापतिका कार्यप्रति प्रश्न उठाउन थाल्नुभयो। महाधिवेशन केन्द्रित आरोप हो कि?
चार वर्ष मैले सभापतिलाई सघाएँ। निर्वाचनमा हाम्रो ठूलो पराजय भयो। सभापतिको मात्रै गल्ती होइन, हाम्रो पनि गल्ति हो भनेर मैले भनें। मैले देउवाजीलाई नै सपोर्ट गरे।

महाधिवेशनको संघारमा आइसकेपछि मलाई के लाग्यो भने अब त बोल्नुपर्छ। शेरबहादुर देउवाले गरेका गल्ती धेरै भएका छन्। अहिले विभाग बनाउँदै हुनुहुन्छ। विधानले महाधिवेशन सकिएको ३ देखि ६ महिना भित्रै गठन गर्नुपर्छ भनेको छ। अहिले विभाग बनाएर के गर्ने? त्यो विभागले काम कति गर्न सक्छ? मान्छेहरुलाई आफूतिर आकर्षित गरेर सभापतिमा जित्नकै लागि नै उहाँले यो प्रपञ्च रच्नुभएको देखिन्छ।

अहिलेको राजनीति भनेकै अहिलेको राजनीति कसरी अघि बढाउने भन्ने हो। एकबद्ध भएर हामी अघि बढ्नुपर्छ। कम्युनिस्टहरु एकै ठाउँमा हुनसक्छन भने हामी किन एकै ठाउँमा हुन नसक्ने? हामीलाई यस्तो सभापति चाहियो, जसले सबैलाई मिलाउन सकोस्। सभापति त सबै कांग्रेसको हुन्छ नि। नेपाली कांग्रेसको शक्ति अत्यन्तै राम्रो छ। अहिले निर्वाचन भए पनि पहिले जस्तो पराजय भोग्न पर्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

कम्युनिस्ट सरकारको क्रियाकलाप हेर्दा एउटा नाथे ढुङ्गा पनि ओछ्याउन सकेको छैन। साढे तीन वर्ष भइसक्यो। पानी जहाज र रेलका आश्वासन मात्रै दिन्छन्। जबसम्म हाम्रो उत्पादन क्षमता वृद्धि हुँदैन। रेल र पानीजहाज ल्याएर हामी के गर्छौं? हामी निर्यात केमा गर्न सक्छौं? पहिलेपहिले धान चामल बाहिर जान्थ्यो। आर्जन पनि हुन्थ्यो। त्यतातिर यो सरकारको कुनै पनि रबैया देखिँदैन।

महाधिवेशनमा राम्रो नेतृत्व दियौं भने कांग्रेसको भविष्य अत्यन्तै उज्ज्वल छ।

तपाईंहरुले सभापतिले विधान मिचेको, पद्धति अनुसार नचलेको आरोप लगाइरहनुभएको छ। आफ्नो तर्फको उम्मेद्‌वार पनि अघि सार्न सक्नुभएको छैन। तपाईंको समूहबाट सभापतिको प्रत्यासी तपाईं वा अरु कोही?
म नेतृत्व स्विकार्न तयार छु। पार्टीमा शेरबहादुरको विकल्प म नै हुँ जस्तो लाग्छ। अरु कुनै व्यक्ति भए पनि म मान्न तयार छु। हाम्रो पक्षमा धेरै व्यक्तिहरु हुनुहुन्छ। रामचन्द्रजी, शेखर दाइ, कृष्णप्रसाद सिटौला, रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी हुनुहुन्छ। मेरो ठहर देउवाको विकल्प म नै हुँ भन्ने छ।

Xtrem

Xtrem

तपाईंलाई पार्टीभित्रै लाग्ने आरोप के भने महामन्त्रीले सभापतिका कदममा साथ दिँदा पार्टी कमजोर भयो। कार्यकर्तामा तपाईंप्रति रहेको आशंका कसरी मेट्नुहुन्छ?
सुरुसुरुमा म शेरबहादुरजीकै पक्षमा उभिएको हुँ। यताका दिनमा आएर मैले शेरबहादुरको विकल्प खोज्दैछु। सभापतिले पार्टी चलाउन सक्नुभएन। म सभापति भएपछि मात्रै हो मैले आरोप सुन्नेपर्ने। पार्टी चलाउन सकिनँ भने मात्रै। मेरो नेतृत्व राम्रो नभएको भए महाधिवेशनपछि नै सुन्ने हो। मेरो कार्यशैली हेरेर मात्रै भन्न उपयुक्त हुन्छ नि।

सभापतिले तपाईंहरुको विरोध रहँदारहँदै पनि निर्णय प्रक्रिया रोक्नुभएको छैन। तपाईंहरुको डर सभापतिले महाधिवेशन प्रभावित गर्ने निर्णय गरे भन्ने हो?
हो। उहाँले विभागहरु अहिले गठन गर्नुभएको छ। महाधिवेशनलाई प्रभावित गर्न नै हो। हरेक विभागमा ५० जना सदस्य हुन्छन्। विभाग संख्या बढाएर ४७ पुर्‍याउनुभएको छ। विधानमा २८ विभागको व्यवस्था छ। यसले धेरै मान्छेलाई प्रभावित गर्न सक्छ नि। महाधिवेशनलाई मध्यनजरमा राखेर उहाँले यो कदम चाल्नुभएको हो।

तपाईंहरुको समूहमा आधा दर्जन सभापतिको आकांक्षी हुनुहुन्छ। सर्वसहमतिको सम्भावना कति रहला? तपाईं वा अर्को व्यक्ति कसमा सहमति हुनसक्ला?
सर्वसहमत हामीले गर्नैपर्छ। देउवाको विकल्प त हामीले दिनैपर्छ। हामीमध्ये एक जना दिने हो। हाम्रो औपचारिक छलफल त हुन बाँकी छ। अहिलेको मितिमा म नै उपयुक्त व्यक्ति हो भन्ने मलाई लाग्छ। कार्यकर्ताको मुखबाट मलाई उठ्न भनिरहनु पनि भएको छ। हरेक जिल्लाका साथीहरुले मलाई भन्दैछन्। शेरबहादुरको विकल्पका रुपमा म उभिँदैछु। शेरबहादुर महाधिवेशनमा लडे विकल्प म नै हुँ।

अघिल्लो महाधिवेशनमा तपाईंकै समूहबाट सभापतिमा पराजित भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले तपाईंलाई छाड्नु होला र?
उहाँसँग कुरा गर्न बाँकी नै छ। परिस्थिति के भने रामचन्द्रजीले शेरबहादुरलाई हराउन सक्नुहुन्न। अघिल्लो महाधिवेशनमा हराउन सक्नुभएन। आउँदो महाधिवेशनमा पनि हराउन सक्नुहुन्न। उहाँले विकल्पमा अरुलाई सोच्नुपर्छ। उहाँसँग यसमा छलफल गर्न बाँकी नै छ।

उहाँ धेरै सिनियर र पार्टीमा त्याग तपस्या गरेको लिडर पनि हो। उहाँ त अभिभावक बनेर बस्नुपर्ने व्यक्ति हो। शेरबहादुर देउवा र रामचन्द्रजी दुवैलाई अभिभावक भएर बस्नुस् भन्ने मेरो भनाइ हो। तर, भनाइले मात्रै हुने अवस्था छैन। रामचन्द्रजी अभिभावकको भूमिकामा बस्नुहुन्छ भन्ने विश्वास छ।

तपाईंको कोइराला परिवारमै सभापतिका दुई प्रमुख दाबेदार हुनुहुन्छ। घरमै कुरा नमिलेको देखिन्छ। शेखर कोइरालाले अघिल्लो महाधिवेशनमा महामन्त्री छोड्नु मेरो गल्ती थियो भनिसक्नुभएको छ। अब सभापति नछोड्ने संकेत गरिसक्नुभएको छ। परिवारबाटै तपाईंको उम्मेदवारीमा सहज देखिएन नि?
शेखरदासँग पनि मैले कुरै गर्नुपर्छ। सुजातालाई स्वास्थ्यले दिँदैन। हामी तीनै जना बसेर छलफल गर्नुपर्छ। हामीमध्ये एक हुने गरी निर्णय गर्छौं।

हुन त मैले म नै हुने भन्छु। त्यस्तै शेखरदाले पनि भन्नुहोला। हामी बीचमा भएको निर्णय स्विकार्नु पर्छ।

तपाईंको समूहमा शेखर कोइरालालाई सभापतिमा अरुले स्विकारे भने तपाईंले सजिलै स्विकार्ने हो?
अरु सबैले स्विकारे भने त मैले किन नस्वीकार्ने? स्वीकारी हाल्छु नि।

केही दिनअघि तपाईंले उपसभापति विमलेन्द्र निधिसँग भेट्नुभयो। उहाँले सभापतिमा उम्मेदवारी दिने कुरा गरेको सुनिएको थियो। उहाँले उम्मेदवारी दिने सम्भावना कति देख्नुहुन्छ?
सभापतिमा उठ्ने कुरा सबैभन्दा पहिले उहाँले मलाई भेटेर भन्नुभएको हो। उहाँले सभापतिको पदमा लड्ने बताउनुभएको थियो। मैले भने, ‘शेरबहादुर देउवाजी के गर्नुहुन्छ?’ उहाँले भन्नुभयो, ‘देउवाजीलाई यसपटक बसाउनुपर्छ।’ मैले निधिजीलाई शुभकामना दिएँ। म पनि लड्छु भनेर उहालाई भनिनँ।

निधिजीको मनमस्तिष्क बुझ्दा उहाँ लड्नुहुन्छ जस्तो लागेको छ। शेरबहादुरलाई नलड्नको लागि उहाँले सायद भन्नुहुन्छ होला पनि। दुवैको संवाद नभइकन त विमलेन्द्र उठ्नुहुन्छ होला जस्तो त मलाई लाग्दैन।

निधि सभापतिको उम्मेदवार बनेको अवस्थामा देउवाले निधिलाई भन्दा तपाईंलाई समर्थन गर्नुहुन्छ भन्ने छ। देउवाको समर्थनमा तपाईं सभापति हुने अवस्था आउला?
शेरबहादुरजीले मलाई सभापतिमा समर्थन गर्नुहोला जस्तो त लाग्दैन। देउवाजी उठेर नै छाड्नुहुन्छ। समर्थन गरिदिए झनै राम्रो भयो मेरा लागि। सुनमा सुगन्ध आए जस्तै भइगयो।

तपार्ईं देउवाको समर्थन भएर लड्नुभयो भने त अघिल्लो महाधिवेशनमा जुन समूहबाट महामन्त्री बन्नुभयो। त्यस समूहलाई धोका भयो नि?
महाधिवेशनमा विजयी भएपछि समूहगत विभाजन त गर्न हुँदैन। अहिलेको अवस्थामा दुवै समूहले समर्थन गरेर सभापति चयन गरे भन्ने पार्नुपर्छ। देउवा पक्षले समर्थन गर्ने र हाम्रै समूहले विरोध गर्छन् भने अर्कै कुरा भयो। हाम्रो पक्षकाले समर्थन गरे भने त म निर्विरोध सभापति हुन्छु।

महाधिवेशन केन्द्रित हुँदै गर्दा १३औं महाधिवेशनमा बनेको समूहहरु भत्किन्छन् भन्ने धेरैको अनुमान छ। तपाईंलाई के लाग्छ?
महाधिवेशनमा भत्किने र बन्ने क्रम चलि नै रहन्छ। महाधिवेशनसम्म समूह बन्नु उपयुक्त हो। महाधिवेशनपछि मेरो र तेरो समूह भन्नु हुँदैन। महाधिवेशनपछि त कांग्रेस एक भएर जानुपर्छ।

म सभापति भएँ भने कुनै व्यक्तिलाई तिमी शेरबहादुरको व्यक्ति भन्न मिल्दैन। शेरबहादुरजीले जस्तो अहिले गर्नुभएको छ नि। त्यस्तो गर्न हुँदैन। उहाँले ऊ त हाम्रोपट्टिको होइन भन्नुहुन्छ। पार्टीमा समूह शेरबहादुर देउवाजीले नै बनाउनुभएको छ। समूहवाद चरम सीमामा पुगेको छ। म सभापति भएँ भने त्यस्तो हुँदैन। पार्टीभित्र ग्रुपइज्म मैले ल्याउदिनँ।

महाधिवेशन आउने क्रममा एक पक्षले अर्कोलाई विभिन्न आरोप लगाउने गरेको पाइन्छ। तितो पोखिन्छ। महाधिवेशनपछि पनि अघिल्लो आरोप प्रत्यारोपको क्रम कसरी हट्छ?
त्यो त विश्वास गर्न पर्‍यो नि। महाधिवेशनअघि जति नै आलोचना गरे पनि महाधिवेशनपछि सम्मानकै साथ हेर्नुपर्छ। पछाडि फर्किएर हुँदैन। कसैलाई दोषी ठहर्‍याएर त काम हुँदैन।

कांग्रेसकै कतिपय नेता कार्यकर्ताको के सुनिन्छ भने अहिले सभापतिको दाबी गरे पनि अन्तिममा पछि हट्ने तपाईं नै हो। म नै सभापतिको प्रत्यासी हुँ भनी कति प्रतिबद्ध हुनुहुन्छ?
मेरो प्रतिबद्धता छ। धेरै साथीहरुले फोन गरेर पनि भनेका छन्। तपाई नलडे शेरबहादुरजीले फेरि जित्छन् भन्छन साथीहरुले। कार्यकर्ताको आशा र विश्वासलाई मैले हेरेको छु। मेरो धारणा म नै लड्नुपर्छ भन्ने हो। हाम्रो समूहमा कथंकदाचित ममा सहमति हुन नसके अरु कोहीमा हुन्छ। मबाहेक अरुले जित्न सक्ने अवस्था त मैले देख्दिन। तर, एक जना त उठ्नै पर्‍यो।

हाम्रो समूहका ६/७ जना नमिलाइकन त उठ्न राम्रो हुँदैन। नमिलेको खण्डमा विकल्प दिन पनि म तयार छु। मेरो विश्वास के छ भने म बाहेक नेतृत्व हस्तान्तरण हुन सक्दैन।

तपाईंले बुबाको राजनीतिको ब्याज खाएको आरोप लाग्दै आएको पनि छ। १४ औं महाधिवेशनमा तपाईंका भन्दा फरक समूहले यो विषय पक्कै पनि उठाउँछन् नै। के भन्नुहुन्छ?
२० वर्ष मेडिकल क्षेत्रमा काम गरें। हस्पिटलमा बस्दाबस्दै त्यहाँ मलाई के भनियो भने व्यक्तिको आँखा मात्रै हेरेर भएन राष्ट्रकै आँखामा परिवर्तन ल्याउनु पर्‍यो। राजनीतिमा आउन धेरै प्रेसर आएपछि म यो क्षेत्रमा आएको हुँ।

राजनीतिक परिवारमा हुर्केको हुँ। भारतमा निर्वासनमा बस्यौं। पढाई भारतमै भयो। दार्जलिङ र बनारसमा पढें। नेपाल फर्केपछि २० वर्ष टिचिङ हस्पिटलमा सेवा गरेपछि रिटायर्ड भएँ। त्यसपछि राजनीति सुरु गरेको हुँ।

मैले राजनीति गरेको ५० औं वर्ष भइसक्यो। जुन परिवारमा जन्मिए, त्यो परिवारले निरन्तर राजनीति गरिरहेको थियो/छ। पम्पप्लेट लुकाएर विराटनगर ल्याउँथ्यौ। त्यो पनि एक किसिमले राजनीति हो। मोरङ क्याम्पसमा लाठीचार्ज हुँदा एक दिन जेल पनि परेको थिएँ। ती त सानोसानो घटनाहरु हुन्।

राजनीति कहिलेदेखि गर्‍यौं। कति छ राजनीतिक इतिहास भनी हेर्नु मलाई उपयुक्त लाग्दैन। बाल्यकालदेखि नै राजनीतिलाई धेरै नजिकबाट हेरिरहेको थिएँ। बिपी, गिरिजा र सुशील कोइरालाको समयमा राजनीति नजिकबाट हेरिरहेको थिएँ। निरन्तर हुँदै आएको राजनीतिलाई अर्को युगसम्म पुर्‍याउनका लागि मैले नेतृत्वको प्रस्तुति गरेको हुँ। श्रृङ्खलाबद्ध लैजान मैले चाहेको हुँ।

तपाईंले हिन्दूराज्यको पक्षमा बोल्दै आउनुभएको छ। महाधिवेशनमा पनि तपाईंको यही मुद्दा हुन्छ भन्ने छ। यसमा कति सत्यता छ?
महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा त उठ्छ। मेरो भनाइचाहिँ अर्कै हो। धर्म न सापेक्ष हुन्छ, न निरपेक्ष हुन्छ। धर्म स्वतन्त्र हुन्छ। धार्मिक स्वतन्त्रताको पक्षमा हिजो पनि थिएँ, आज पनि छु। कांग्रेसको झण्डाको चार तारा मध्ये एक तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो।

संविधानमा धर्म निरपेक्ष हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्छ। त्यसका लागि त दुई तिहाइको सरकार हुनुपर्‍यो। अर्को बाटो जनमत संग्रह पनि हुनुपर्छ। जुन पक्षमा मत बढी आउँछ, त्यसैले जित्छ। निरपेक्ष, सापेक्ष, स्वतन्त्र, हिन्दु राष्ट्र जस्ता विकल्प दिन सकिन्छ। 

धर्मको विषयमा जनमत हुने भएपछि अरु कुराको पनि जनमत संग्रहको माग हुन्छ। हामी धर्ममै फोकस हुनुपर्छ।

धर्मका लागि नलडऔं भनी धर्म निरपेक्ष राष्ट्र बनाइयो। धर्मका लागि फेरि विषय उठाउँदा पक्ष विपक्षमा लागेर संकट ल्याउन पनि सक्ला नि?
धर्मलाई राजनीतिमा ल्याउनु हुँदैन। संविधानमा राखिएको सनातन शब्दले हिन्दू धर्मलाई बुझाउँछ। तर धर्म निरपेक्षता भइदियो। धर्म स्वतन्त्र हुनुपर्ने थियो। राजनीति गर्दा धर्मलाई ल्याउनुहुँदैन।

धर्म त आफ्नो आस्थाको कुरा हो। हिन्दू आस्था हुनु परिवार नै हिन्दू परिवारमा जन्मिएर हो। त्यसको अर्थ अरु धर्मलाई मान्दै मान्दिनँ भन्ने होइन। सबैको धर्मलाई स्वतन्त्र छोडिदिनु पर्‍यो। प्रलोभन देखाएर धेरै धर्म परिवर्तन गराइएको पनि छ। धर्म परिवर्तनलाई रोक्नुपर्ने व्यवस्था पनि संविधानमा छ। दण्डित हुने भनिए पनि धर्म परिवर्तन रोकिएको छैन। 

राजनीति र धर्मलाई छुट्टाछुट्टै राख्नुपर्छ। धर्मको आधारमा गरिएको राजनीतिले शोभा दिँदैन।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १७:३१
  • #नेपाली_कांग्रेस
  • #१४औं_महाधिवेशन
  • #शशांक_कोइराला
  • #nepali_congress
  • #sasankakoirala

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्