• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
रामचन्द्रले देउवालाई हराउन सक्नुहुन्न : डा शशांक कोइराला [अन्तर्वार्ता]
नेपाल लाइभ शनिबार, भदौ १३, २०७७  १७:३१
1140x725

आगामी फागुनमै महाधिवेशन हुने सम्भावना टर्दै गए पनि कांग्रेसमा महाधिवेशनको चहलपहल सुरु भइसकेको छ। भावी नेतृत्वका लागि शीर्ष तहका नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन्। सार्वजनिक सञ्चार माध्यममा आफूले उम्मेदवारी दिने बताइरहेका नेताहरुले पार्टीभित्र आफ्नै समूहमा छलफल भने गरेका छैनन्।

महामन्त्री डा शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी स्वभाविक रहेको बताउँदै आएका छन्। संस्थापनइतर समूहबाट शेरबहादुर देउवालाई पराजित गर्न सक्ने एक्लो व्यक्ति आफू मात्रै भएको उनको दाबी छ। तथापि, देउवाले उम्मेदवारी दिने औपचारिक घोषणा भने गरेका छैनन्।

भावी सभापतिका आकांक्षी कोइरालासँग आसन्न महाधिवेशनको सेरोफेरोमा रहेर लिलु डुम्रे र डिबी खड्काले कोइराला निवास महाराजगन्जमा गरेको संवादः

तपाईंले केही दिनअघि सञ्चारमाध्यमा दिएको अभिव्यक्तिलाई चासोका रुपमा लिइएको छ। १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई हराउने म हुँ भन्नुभएको छ। अहिले कांग्रेसलाई देउवालाई हराउने व्यक्ति चाहिएको हो कि कांग्रेसीजन र नेपालीको मन जित्ने व्यक्ति चाहिएको हो?
शेरबहादुरजीले जसरी पार्टी हाँक्नुपर्ने थियो, त्यसरी हाँक्न सक्नुभएन। पार्टीमा परिवर्तन चाहियो। महाधिवेशन भनेको परिवर्तन पनि हो। पार्टीमा जोश र जाँगर आउनुपर्नेछ।

गत निर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन। आगामी निर्वाचनमा राम्रो ‘पर्फमेन्स’ देखाउनुपर्ने छ। आउँदो निर्वाचनमा कांग्रेस मजबुत भएर कम्युनिस्टलाई हराउने सम्भावना प्रचुर मात्रामा छ। हामी संगठित नै नभएर पनि हो। एउटाले टिकट पाए अर्कोले हराउनतिर लाग्ने छन्। पार्टीलाई एकठाउँमा उभ्याउन पनि परिवर्तन आवश्यक छ।

१३ औं महाधिवेशनपछिका चारवर्ष तपाईंले सभापतिका कदममा साथ दिनुभयो। जब महाधिवेशन नजिकिँदै गयो, सभापतिका कार्यप्रति प्रश्न उठाउन थाल्नुभयो। महाधिवेशन केन्द्रित आरोप हो कि?
चार वर्ष मैले सभापतिलाई सघाएँ। निर्वाचनमा हाम्रो ठूलो पराजय भयो। सभापतिको मात्रै गल्ती होइन, हाम्रो पनि गल्ति हो भनेर मैले भनें। मैले देउवाजीलाई नै सपोर्ट गरे।

महाधिवेशनको संघारमा आइसकेपछि मलाई के लाग्यो भने अब त बोल्नुपर्छ। शेरबहादुर देउवाले गरेका गल्ती धेरै भएका छन्। अहिले विभाग बनाउँदै हुनुहुन्छ। विधानले महाधिवेशन सकिएको ३ देखि ६ महिना भित्रै गठन गर्नुपर्छ भनेको छ। अहिले विभाग बनाएर के गर्ने? त्यो विभागले काम कति गर्न सक्छ? मान्छेहरुलाई आफूतिर आकर्षित गरेर सभापतिमा जित्नकै लागि नै उहाँले यो प्रपञ्च रच्नुभएको देखिन्छ।

अहिलेको राजनीति भनेकै अहिलेको राजनीति कसरी अघि बढाउने भन्ने हो। एकबद्ध भएर हामी अघि बढ्नुपर्छ। कम्युनिस्टहरु एकै ठाउँमा हुनसक्छन भने हामी किन एकै ठाउँमा हुन नसक्ने? हामीलाई यस्तो सभापति चाहियो, जसले सबैलाई मिलाउन सकोस्। सभापति त सबै कांग्रेसको हुन्छ नि। नेपाली कांग्रेसको शक्ति अत्यन्तै राम्रो छ। अहिले निर्वाचन भए पनि पहिले जस्तो पराजय भोग्न पर्दैन।

कम्युनिस्ट सरकारको क्रियाकलाप हेर्दा एउटा नाथे ढुङ्गा पनि ओछ्याउन सकेको छैन। साढे तीन वर्ष भइसक्यो। पानी जहाज र रेलका आश्वासन मात्रै दिन्छन्। जबसम्म हाम्रो उत्पादन क्षमता वृद्धि हुँदैन। रेल र पानीजहाज ल्याएर हामी के गर्छौं? हामी निर्यात केमा गर्न सक्छौं? पहिलेपहिले धान चामल बाहिर जान्थ्यो। आर्जन पनि हुन्थ्यो। त्यतातिर यो सरकारको कुनै पनि रबैया देखिँदैन।

महाधिवेशनमा राम्रो नेतृत्व दियौं भने कांग्रेसको भविष्य अत्यन्तै उज्ज्वल छ।

तपाईंहरुले सभापतिले विधान मिचेको, पद्धति अनुसार नचलेको आरोप लगाइरहनुभएको छ। आफ्नो तर्फको उम्मेद्‌वार पनि अघि सार्न सक्नुभएको छैन। तपाईंको समूहबाट सभापतिको प्रत्यासी तपाईं वा अरु कोही?
म नेतृत्व स्विकार्न तयार छु। पार्टीमा शेरबहादुरको विकल्प म नै हुँ जस्तो लाग्छ। अरु कुनै व्यक्ति भए पनि म मान्न तयार छु। हाम्रो पक्षमा धेरै व्यक्तिहरु हुनुहुन्छ। रामचन्द्रजी, शेखर दाइ, कृष्णप्रसाद सिटौला, रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी हुनुहुन्छ। मेरो ठहर देउवाको विकल्प म नै हुँ भन्ने छ।

तपाईंलाई पार्टीभित्रै लाग्ने आरोप के भने महामन्त्रीले सभापतिका कदममा साथ दिँदा पार्टी कमजोर भयो। कार्यकर्तामा तपाईंप्रति रहेको आशंका कसरी मेट्नुहुन्छ?
सुरुसुरुमा म शेरबहादुरजीकै पक्षमा उभिएको हुँ। यताका दिनमा आएर मैले शेरबहादुरको विकल्प खोज्दैछु। सभापतिले पार्टी चलाउन सक्नुभएन। म सभापति भएपछि मात्रै हो मैले आरोप सुन्नेपर्ने। पार्टी चलाउन सकिनँ भने मात्रै। मेरो नेतृत्व राम्रो नभएको भए महाधिवेशनपछि नै सुन्ने हो। मेरो कार्यशैली हेरेर मात्रै भन्न उपयुक्त हुन्छ नि।

सभापतिले तपाईंहरुको विरोध रहँदारहँदै पनि निर्णय प्रक्रिया रोक्नुभएको छैन। तपाईंहरुको डर सभापतिले महाधिवेशन प्रभावित गर्ने निर्णय गरे भन्ने हो?
हो। उहाँले विभागहरु अहिले गठन गर्नुभएको छ। महाधिवेशनलाई प्रभावित गर्न नै हो। हरेक विभागमा ५० जना सदस्य हुन्छन्। विभाग संख्या बढाएर ४७ पुर्‍याउनुभएको छ। विधानमा २८ विभागको व्यवस्था छ। यसले धेरै मान्छेलाई प्रभावित गर्न सक्छ नि। महाधिवेशनलाई मध्यनजरमा राखेर उहाँले यो कदम चाल्नुभएको हो।

तपाईंहरुको समूहमा आधा दर्जन सभापतिको आकांक्षी हुनुहुन्छ। सर्वसहमतिको सम्भावना कति रहला? तपाईं वा अर्को व्यक्ति कसमा सहमति हुनसक्ला?
सर्वसहमत हामीले गर्नैपर्छ। देउवाको विकल्प त हामीले दिनैपर्छ। हामीमध्ये एक जना दिने हो। हाम्रो औपचारिक छलफल त हुन बाँकी छ। अहिलेको मितिमा म नै उपयुक्त व्यक्ति हो भन्ने मलाई लाग्छ। कार्यकर्ताको मुखबाट मलाई उठ्न भनिरहनु पनि भएको छ। हरेक जिल्लाका साथीहरुले मलाई भन्दैछन्। शेरबहादुरको विकल्पका रुपमा म उभिँदैछु। शेरबहादुर महाधिवेशनमा लडे विकल्प म नै हुँ।

अघिल्लो महाधिवेशनमा तपाईंकै समूहबाट सभापतिमा पराजित भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले तपाईंलाई छाड्नु होला र?
उहाँसँग कुरा गर्न बाँकी नै छ। परिस्थिति के भने रामचन्द्रजीले शेरबहादुरलाई हराउन सक्नुहुन्न। अघिल्लो महाधिवेशनमा हराउन सक्नुभएन। आउँदो महाधिवेशनमा पनि हराउन सक्नुहुन्न। उहाँले विकल्पमा अरुलाई सोच्नुपर्छ। उहाँसँग यसमा छलफल गर्न बाँकी नै छ।

उहाँ धेरै सिनियर र पार्टीमा त्याग तपस्या गरेको लिडर पनि हो। उहाँ त अभिभावक बनेर बस्नुपर्ने व्यक्ति हो। शेरबहादुर देउवा र रामचन्द्रजी दुवैलाई अभिभावक भएर बस्नुस् भन्ने मेरो भनाइ हो। तर, भनाइले मात्रै हुने अवस्था छैन। रामचन्द्रजी अभिभावकको भूमिकामा बस्नुहुन्छ भन्ने विश्वास छ।

तपाईंको कोइराला परिवारमै सभापतिका दुई प्रमुख दाबेदार हुनुहुन्छ। घरमै कुरा नमिलेको देखिन्छ। शेखर कोइरालाले अघिल्लो महाधिवेशनमा महामन्त्री छोड्नु मेरो गल्ती थियो भनिसक्नुभएको छ। अब सभापति नछोड्ने संकेत गरिसक्नुभएको छ। परिवारबाटै तपाईंको उम्मेदवारीमा सहज देखिएन नि?
शेखरदासँग पनि मैले कुरै गर्नुपर्छ। सुजातालाई स्वास्थ्यले दिँदैन। हामी तीनै जना बसेर छलफल गर्नुपर्छ। हामीमध्ये एक हुने गरी निर्णय गर्छौं।

हुन त मैले म नै हुने भन्छु। त्यस्तै शेखरदाले पनि भन्नुहोला। हामी बीचमा भएको निर्णय स्विकार्नु पर्छ।

तपाईंको समूहमा शेखर कोइरालालाई सभापतिमा अरुले स्विकारे भने तपाईंले सजिलै स्विकार्ने हो?
अरु सबैले स्विकारे भने त मैले किन नस्वीकार्ने? स्वीकारी हाल्छु नि।

केही दिनअघि तपाईंले उपसभापति विमलेन्द्र निधिसँग भेट्नुभयो। उहाँले सभापतिमा उम्मेदवारी दिने कुरा गरेको सुनिएको थियो। उहाँले उम्मेदवारी दिने सम्भावना कति देख्नुहुन्छ?
सभापतिमा उठ्ने कुरा सबैभन्दा पहिले उहाँले मलाई भेटेर भन्नुभएको हो। उहाँले सभापतिको पदमा लड्ने बताउनुभएको थियो। मैले भने, ‘शेरबहादुर देउवाजी के गर्नुहुन्छ?’ उहाँले भन्नुभयो, ‘देउवाजीलाई यसपटक बसाउनुपर्छ।’ मैले निधिजीलाई शुभकामना दिएँ। म पनि लड्छु भनेर उहालाई भनिनँ।

निधिजीको मनमस्तिष्क बुझ्दा उहाँ लड्नुहुन्छ जस्तो लागेको छ। शेरबहादुरलाई नलड्नको लागि उहाँले सायद भन्नुहुन्छ होला पनि। दुवैको संवाद नभइकन त विमलेन्द्र उठ्नुहुन्छ होला जस्तो त मलाई लाग्दैन।

निधि सभापतिको उम्मेदवार बनेको अवस्थामा देउवाले निधिलाई भन्दा तपाईंलाई समर्थन गर्नुहुन्छ भन्ने छ। देउवाको समर्थनमा तपाईं सभापति हुने अवस्था आउला?
शेरबहादुरजीले मलाई सभापतिमा समर्थन गर्नुहोला जस्तो त लाग्दैन। देउवाजी उठेर नै छाड्नुहुन्छ। समर्थन गरिदिए झनै राम्रो भयो मेरा लागि। सुनमा सुगन्ध आए जस्तै भइगयो।

तपार्ईं देउवाको समर्थन भएर लड्नुभयो भने त अघिल्लो महाधिवेशनमा जुन समूहबाट महामन्त्री बन्नुभयो। त्यस समूहलाई धोका भयो नि?
महाधिवेशनमा विजयी भएपछि समूहगत विभाजन त गर्न हुँदैन। अहिलेको अवस्थामा दुवै समूहले समर्थन गरेर सभापति चयन गरे भन्ने पार्नुपर्छ। देउवा पक्षले समर्थन गर्ने र हाम्रै समूहले विरोध गर्छन् भने अर्कै कुरा भयो। हाम्रो पक्षकाले समर्थन गरे भने त म निर्विरोध सभापति हुन्छु।

महाधिवेशन केन्द्रित हुँदै गर्दा १३औं महाधिवेशनमा बनेको समूहहरु भत्किन्छन् भन्ने धेरैको अनुमान छ। तपाईंलाई के लाग्छ?
महाधिवेशनमा भत्किने र बन्ने क्रम चलि नै रहन्छ। महाधिवेशनसम्म समूह बन्नु उपयुक्त हो। महाधिवेशनपछि मेरो र तेरो समूह भन्नु हुँदैन। महाधिवेशनपछि त कांग्रेस एक भएर जानुपर्छ।

म सभापति भएँ भने कुनै व्यक्तिलाई तिमी शेरबहादुरको व्यक्ति भन्न मिल्दैन। शेरबहादुरजीले जस्तो अहिले गर्नुभएको छ नि। त्यस्तो गर्न हुँदैन। उहाँले ऊ त हाम्रोपट्टिको होइन भन्नुहुन्छ। पार्टीमा समूह शेरबहादुर देउवाजीले नै बनाउनुभएको छ। समूहवाद चरम सीमामा पुगेको छ। म सभापति भएँ भने त्यस्तो हुँदैन। पार्टीभित्र ग्रुपइज्म मैले ल्याउदिनँ।

महाधिवेशन आउने क्रममा एक पक्षले अर्कोलाई विभिन्न आरोप लगाउने गरेको पाइन्छ। तितो पोखिन्छ। महाधिवेशनपछि पनि अघिल्लो आरोप प्रत्यारोपको क्रम कसरी हट्छ?
त्यो त विश्वास गर्न पर्‍यो नि। महाधिवेशनअघि जति नै आलोचना गरे पनि महाधिवेशनपछि सम्मानकै साथ हेर्नुपर्छ। पछाडि फर्किएर हुँदैन। कसैलाई दोषी ठहर्‍याएर त काम हुँदैन।

कांग्रेसकै कतिपय नेता कार्यकर्ताको के सुनिन्छ भने अहिले सभापतिको दाबी गरे पनि अन्तिममा पछि हट्ने तपाईं नै हो। म नै सभापतिको प्रत्यासी हुँ भनी कति प्रतिबद्ध हुनुहुन्छ?
मेरो प्रतिबद्धता छ। धेरै साथीहरुले फोन गरेर पनि भनेका छन्। तपाई नलडे शेरबहादुरजीले फेरि जित्छन् भन्छन साथीहरुले। कार्यकर्ताको आशा र विश्वासलाई मैले हेरेको छु। मेरो धारणा म नै लड्नुपर्छ भन्ने हो। हाम्रो समूहमा कथंकदाचित ममा सहमति हुन नसके अरु कोहीमा हुन्छ। मबाहेक अरुले जित्न सक्ने अवस्था त मैले देख्दिन। तर, एक जना त उठ्नै पर्‍यो।

हाम्रो समूहका ६/७ जना नमिलाइकन त उठ्न राम्रो हुँदैन। नमिलेको खण्डमा विकल्प दिन पनि म तयार छु। मेरो विश्वास के छ भने म बाहेक नेतृत्व हस्तान्तरण हुन सक्दैन।

तपाईंले बुबाको राजनीतिको ब्याज खाएको आरोप लाग्दै आएको पनि छ। १४ औं महाधिवेशनमा तपाईंका भन्दा फरक समूहले यो विषय पक्कै पनि उठाउँछन् नै। के भन्नुहुन्छ?
२० वर्ष मेडिकल क्षेत्रमा काम गरें। हस्पिटलमा बस्दाबस्दै त्यहाँ मलाई के भनियो भने व्यक्तिको आँखा मात्रै हेरेर भएन राष्ट्रकै आँखामा परिवर्तन ल्याउनु पर्‍यो। राजनीतिमा आउन धेरै प्रेसर आएपछि म यो क्षेत्रमा आएको हुँ।

राजनीतिक परिवारमा हुर्केको हुँ। भारतमा निर्वासनमा बस्यौं। पढाई भारतमै भयो। दार्जलिङ र बनारसमा पढें। नेपाल फर्केपछि २० वर्ष टिचिङ हस्पिटलमा सेवा गरेपछि रिटायर्ड भएँ। त्यसपछि राजनीति सुरु गरेको हुँ।

मैले राजनीति गरेको ५० औं वर्ष भइसक्यो। जुन परिवारमा जन्मिए, त्यो परिवारले निरन्तर राजनीति गरिरहेको थियो/छ। पम्पप्लेट लुकाएर विराटनगर ल्याउँथ्यौ। त्यो पनि एक किसिमले राजनीति हो। मोरङ क्याम्पसमा लाठीचार्ज हुँदा एक दिन जेल पनि परेको थिएँ। ती त सानोसानो घटनाहरु हुन्।

राजनीति कहिलेदेखि गर्‍यौं। कति छ राजनीतिक इतिहास भनी हेर्नु मलाई उपयुक्त लाग्दैन। बाल्यकालदेखि नै राजनीतिलाई धेरै नजिकबाट हेरिरहेको थिएँ। बिपी, गिरिजा र सुशील कोइरालाको समयमा राजनीति नजिकबाट हेरिरहेको थिएँ। निरन्तर हुँदै आएको राजनीतिलाई अर्को युगसम्म पुर्‍याउनका लागि मैले नेतृत्वको प्रस्तुति गरेको हुँ। श्रृङ्खलाबद्ध लैजान मैले चाहेको हुँ।

तपाईंले हिन्दूराज्यको पक्षमा बोल्दै आउनुभएको छ। महाधिवेशनमा पनि तपाईंको यही मुद्दा हुन्छ भन्ने छ। यसमा कति सत्यता छ?
महाधिवेशनमा हिन्दुराष्ट्रको कुरा त उठ्छ। मेरो भनाइचाहिँ अर्कै हो। धर्म न सापेक्ष हुन्छ, न निरपेक्ष हुन्छ। धर्म स्वतन्त्र हुन्छ। धार्मिक स्वतन्त्रताको पक्षमा हिजो पनि थिएँ, आज पनि छु। कांग्रेसको झण्डाको चार तारा मध्ये एक तारा धार्मिक स्वतन्त्रताको प्रतीक हो।

संविधानमा धर्म निरपेक्ष हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्छ। त्यसका लागि त दुई तिहाइको सरकार हुनुपर्‍यो। अर्को बाटो जनमत संग्रह पनि हुनुपर्छ। जुन पक्षमा मत बढी आउँछ, त्यसैले जित्छ। निरपेक्ष, सापेक्ष, स्वतन्त्र, हिन्दु राष्ट्र जस्ता विकल्प दिन सकिन्छ। 

धर्मको विषयमा जनमत हुने भएपछि अरु कुराको पनि जनमत संग्रहको माग हुन्छ। हामी धर्ममै फोकस हुनुपर्छ।

धर्मका लागि नलडऔं भनी धर्म निरपेक्ष राष्ट्र बनाइयो। धर्मका लागि फेरि विषय उठाउँदा पक्ष विपक्षमा लागेर संकट ल्याउन पनि सक्ला नि?
धर्मलाई राजनीतिमा ल्याउनु हुँदैन। संविधानमा राखिएको सनातन शब्दले हिन्दू धर्मलाई बुझाउँछ। तर धर्म निरपेक्षता भइदियो। धर्म स्वतन्त्र हुनुपर्ने थियो। राजनीति गर्दा धर्मलाई ल्याउनुहुँदैन।

धर्म त आफ्नो आस्थाको कुरा हो। हिन्दू आस्था हुनु परिवार नै हिन्दू परिवारमा जन्मिएर हो। त्यसको अर्थ अरु धर्मलाई मान्दै मान्दिनँ भन्ने होइन। सबैको धर्मलाई स्वतन्त्र छोडिदिनु पर्‍यो। प्रलोभन देखाएर धेरै धर्म परिवर्तन गराइएको पनि छ। धर्म परिवर्तनलाई रोक्नुपर्ने व्यवस्था पनि संविधानमा छ। दण्डित हुने भनिए पनि धर्म परिवर्तन रोकिएको छैन। 

राजनीति र धर्मलाई छुट्टाछुट्टै राख्नुपर्छ। धर्मको आधारमा गरिएको राजनीतिले शोभा दिँदैन।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १७:३१
  • #नेपाली_कांग्रेस
  • #१४औं_महाधिवेशन
  • #शशांक_कोइराला
  • #nepali_congress
  • #sasankakoirala

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु सोमबार, असार १६, २०८२
सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुनका निलम्बित मेयर बस्नेतलाई ११ वर्ष कैद, ३१ करोड १८ लाख जरिवाना सोमबार, असार १६, २०८२
दरबारमार्गमा निर्माणधीन घरको चौथो तलाबाट खस्दा दुई कामदारको मृत्यु सोमबार, असार १६, २०८२
शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक स्थगित सोमबार, असार १६, २०८२
सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
यस्तो छ मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्