काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टामा हालसम्मकै बढी १२ कोरोना संक्रमितको मृत्यु, १९५ पुगे मृतक, काठमाडौं उपत्यकामा ४१५ सहित ९२७ जनामा कोरोना संक्रमण, ३६ हजार ४५६ पुगे संक्रमित।
२) कृषकलाई विश्व बैंकले दिएको अनुदानको दुरुपयोग गर्नेलाई कारबाही गर्न कांग्रेसको माग, बैंकले अनियमितता भएको तथ्यसहित अर्थ मन्त्रीलाई पत्र पठाउनुले देशको गरिमामा आँच पुगेको भनाई ।
३) केन्द्रिकृत ग्राहक पहिचान विवरण निजी कम्पनीलाई दिन नहुने भन्दै शेयर लगानीकर्ताहरूको विरोध, निजी साझेदार भएका कम्पनीलाई प्रणालीको पहुँचमा पु¥याउँदा तथ्यांक दुरुपयोग हुने तर्क ।
४) जापानका प्रधानमन्त्री शिन्जो आबेद्वारा स्वास्थ्यका कारण देखाउँदै राजीनामा, आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपार्ने भनाई, पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना ।
५) र, प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीद्वारा आफ्ना खेलाडीहरु महरेज, सिल्भा र जिसस मेस्सीसँग होइन कसैसँग पनि नसाट्ने स्पष्ट, मेस्सी ल्याउने या नल्याउने विषयमा मौन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।