काठमाडौं- सरकारले अब आन्तरिक हवाई सेवा आउने नयाँ वायुसेवा संञ्चालन गर्ने कम्पनीलाई काठमाडौं बेस बनाएर उडान गर्नेगरी इजाजत नदिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको हवाई नीति २०७७ को मस्यौदामा काठमाडौं बाहिरलाई बेस बनाएर उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीलाई मात्रै इजाजत दिने विषय समावेश गरिएको छ।
हवाई नीतिमा भनिएको छ, ‘आन्तरिकतर्फ सेवा सञ्चालन गर्न नयाँ वायुसेवा सञ्चालन संस्थालाई इजाजत दिँदा काठमाडौं बाहिर आधार बनाई उडान गर्नेगरी इजाजत दिइनेछ। यस्तो उडान गर्ने वायुसेवा कम्पनीलाई निश्चित वर्षसम्म थप सहुलियत दिइनेछ।’
साथै नीतिमा काठमाडौं केन्द्रित उडानलाई अन्तर प्रदेश संजालीकृत उडानको रुपमा विकास गर्न र अन्तरप्रदेश उडानलाई प्रोत्साहन गर्न समयानुकुल सहुलियत कार्यक्रमहरु कार्यान्वयनमा ल्याउने नीतिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।