• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कसरी खेर जान नदिने शैक्षिक सत्र ?

64x64
प्रजु पन्त आइतबार, भदौ १४, २०७७  १२:२५
1140x725
सांकेतिक तस्बिर

दिनप्रतिदिन कोरोना संक्रमितम बढेसँगै धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। सरकारले आवश्यक पर्‍याे भने कोरोना रोकथाम, न्यूनीकरण तथा नियन्त्रणमा शिक्षकलाई पनि खटाउन सकिने बताइरहेको छ। योसँगै एक शैक्षिक सत्र नै खेर जाने त होइन भन्ने गम्भीर शंका उब्जिएको छ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासघंका अध्यक्ष कृष्ण थापा मंसिरसम्म पनि यही अवस्था रहे यो वर्ष शैक्षिक सत्र सुरु हुन नसक्ने बताउँछन्। ‘मंसिरसम्म पनि यही व्यवस्था रहे विद्यालयमा पठनपाठन गर्न सकिँदैन,’ अध्यक्ष थापाले भने, ‘सरकारले वैकल्पिक विधिबाट शिक्षण सुरु गर्न ढिला गर्न हुँदैन।’ 

सरकारले भदौ १ गतेदेखि भर्ना प्रक्रिया अघि बढाउन यसअघि गरेको निर्णय कोरोना संक्रमणको जोखिम थप भएको भन्दै स्थगित भइसकेको छ। योसँगै ‘वैकिल्पक प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ पनि असफल भयो। निर्देशिकाबमोजिम रेडियो, टिभी, अनलाइनका माध्यमबाट पठनपाठन सुरु गर्ने भनिएको थियो।

पाठ्यपुस्तक घरघरमा पुर्‍याउने,  उपलब्ध सामग्री प्रयोग गरेर पठनपाठन चालु राख्नुका साथै सुविधाअनुसार शिक्षा पुर्‍याइने सो निर्देशिकामा उल्लेख थियो। निर्देशिका जारी गरेको दुई महिनाभन्दा बढी पुगिसक्दा पनि अधिकांश विद्यार्थीलाई समेट्न नसकिएको अध्यक्ष कृष्ण थापा बताउँछन्।

‘कतिपय स्थानमा त सरकारले उपलब्ध गराएको पाठ्यसामग्री पनि पुगेको छैन,’ थापाले भने, ‘निर्देशिका ल्याएको राज्यले के भइरहेको छ भनेर अनुगमन गरेको छैन। यस्तो असमान स्थितिमा त कसरी शैक्षिक सत्र चलाउन सकिन्छ र?’ 

यही अवस्था रहे शैक्षिक सत्र ड्रप पनि हुन सक्छ 
महामारी साम्य भए परीक्षा लिन तयार रहेको बताएका विश्वविद्यालयहरुले महामारी बढेसँगै  धमाधम स्थगित गर्दै पछि परीक्षा लिने गरी उपल्लो कक्षा पढाइरहेका छन्। विद्यालय तहमा भने नतिजा प्रकाशन गरी केही स्थानमा पाठ्यपुस्तक, वैकल्पिक पाठ्यसामग्री पु¥याइएको छ। तर पनि सरकारले सबै विद्यालयमा वैकल्पिक विधिबाट पढाउन सकेको छैन।

अधिकांश सामुदायिक विद्यालयमा पढाइ हुनै सकेको छैन। नेपाल अभिभावक महासंघका सभापति धर्मदत्त देवकोटा सरकारले केही नगरेको अहिलेको अवस्था हेर्दा यो शैक्षिक सत्र ड्रप हुन सक्ने बताउँछन्। ‘महासंघले औपचारिक रुपमा यो शैक्षिक सत्र ड्रप हुन्छ भनेर आँकलन  त गरेको छैन,’ देवकोटाले भने, ‘मैले बुझेसम्म भर्चुअल कक्षहरुलाई पनि सरकारले मान्यता दिएको छैन। यस्तो अवस्थामा त शैक्षिक सत्र कसरी चल्छ भन्नु?’

उनका अनुसार भर्चुअल कक्षामा देशभरका अन्दाजी ३५ प्रतिशत विद्यार्थी सहभागी छन्। भर्चुअल कक्षा लिएकाहरु कक्षा चढ्ने, नलिएकाहरु नचढ्ने भनेर दोहोरो सिस्टम लागू गर्न नपाइने हुँदा सरकारले कुनै नयाँ कार्यक्रम नल्याए यो शैक्षिक सत्र ड्रप हुन पनि सक्ने देवकोटाको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

वैकल्पिक विधिको पनि वैकल्पिक विधि खोज्नुपर्ने भो
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा वैकल्पिक शिक्षाको पनि विकल्प खोज्नु पर्ने स्थिति सिर्जना भएको बताउँछन्। ‘सरकारले बनाएको निर्देशिका अनुसार सबैको पहुँचमा वैकल्पिक शिक्षा पुगेन,’ थापाले भने, ‘यो वैकल्पिक शिक्षण निर्देशिकाको  विकल्प खोज्न ढिला भइसक्यो।’ 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैकिल्पक प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ असफल भएको त बताएको छैन। तर अधिकारीहरुले यो निर्देशिकाबाट काम नचल्ने बुझिसकेका छन्। शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक तुलसीप्रसाद थपिलिया शैक्षिक क्षेत्रमा असर नपर्ने गरि विकल्प खोजिरहेको बताउँछन्। 

उनका अनुसार केन्द्रले चार वटा विकल्प अघि सारेको छ। घरपरिवारबाट सिकाइमा सहजीकरण, शिक्षकविना नै पढ्न सकिने पाठ्यसामग्री, टोल शिक्षा र अवस्था सहज हुनासाथ छोटो समयमा शैक्षिक सत्र सकाउने गरि पाठ्यक्रम तयार गरिने छ। ‘शैक्षिक सत्र खेर जान नदिन विकल्पहरुको खोजी भइरहेका छन्,’ थपलियाले भने, ‘अहिलेको अवस्थामा प्रविधि सबैमा पुर्‍याउन नसकिने अवस्था छ, जे साधन छ त्यसैमा अध्ययन गर्ने गराउनुपर्ने स्थिति बनेको छ  हामी सोही अनुसार अघि बढेका छौं।’

थपलियाका अनुसार अब पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमको ढाँचा पठाउने र सोही अनुसार छोटो समयमा कक्षा अनुसार सिक्नैपर्ने आधारभूत विषयहरुको सिकाइ शैक्षिक सत्र खेर जान नदिने गरि काम भइरहेको बताउँछन् । 

शिक्षक परिचालन गर्न नैतिक समस्या
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाका अनुसार लकडाउनलगत्तै सरकारले राजपत्रमा शिक्षकहरुलाई शिक्षण संस्था नखुलुन्जेल तलबी बिदामा राखेपछि काममा अह्राउन गाह्रो छ। ‘सरकारले राजपत्रमै प्रकाशित गरेर शिक्षकहरुलाई बिदामा राखिदियो। अहिलेसम्म कुनै सूचना निकालेको छैन, हामीले नैतिक रुपमा शिक्षकहरुलाई काम अह्राउन सकेका छैनाैं ।’
धेरैजसो शिक्षकले सरकारले बिदामा राख्दा किन पढाउने भन्नेजस्तो व्यवहार गरेको उनले बताए। 

वैकल्पिक विधि सम्भव छ 
शिक्षाविद् विद्यानाथ कोइराला धेरै वैकल्पिक विधि भएको बताउँछन्। पहुँचका आधारमा पाठ्यक्रम बनाएर पढाउनुपर्ने उनको धारणा छ। ‘अहिलेसम्म खेर गएको विश्वविद्यालयको एक सेमेष्टर विद्यालयको एक त्रैमासिक हो। पहिलो त्रैमासिकमा कति कोर्ष छन्।  अहिलेसम्म पढेका केटाकेटीहरुबाट पूरा गरे होलान्,’ कोइरालाले भने, ‘अब नीति बनाउँदा जे साधन छ सोही अनुसार पढाउने विकल्प खोजे न भेटिन्छ, बहानाबाजी गरेर हुन्न।’

त्यस्तै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा साना कक्षाका बालबालिकाले युट्युब अथवा जुमको पढाइमा नरमेको तथा ठूला बालबालिकाले टिभी र रेडियोमा पढाइ हुन थालेपछि टिभीको छेउ नै नजाने गरेको बताउँछन्। ‘धेरै विद्यालयहरुका शिक्षक साथीहरुले मलाई भन्नुभएको छ रेडियो टिभीको पढाइमा विद्यार्थीले सहभागिता कम छ भन्ने कुरा,’ थापाले भने, ‘साना बालबालिकालाई एकोहोरो पढाउने नभइ कार्टुनमार्फत् र ठूलालाई सोही अनुसार विकल्प खोज्नु पर्ने भएको छ।’

वैकल्पिक विधिको नीति बनाउनेहरुले ग्राउण्ड लेभलका विद्यार्थीलाई दृष्टिगत गरेर बनाउनु पर्ने थापाले बताए ।

कक्षा रोकिएको हो सिकाइ हैन : देविराम आचार्य, अध्येता 

शैक्षिक सत्रको सवालमा मेरो अलि फरक बुझाइ छ। संक्रमण दिनप्रतिदिन बढिरहेको छ। शैक्षिक सत्रको चिन्ता नगरी जाने बेला हो। एक जना चिनियाँले भनेको कुरा स्मरण गराउन चाहन्छु– क्लास डिस्टर्ब भएको हो, लर्निङ डिस्टर्ब भएको हैन। हामी यही ‘मोडल’मा जान किन सकिदैन?

कोरोना महामारीबाट जुन दिन नर्मल अवस्थामा फर्किउँला त्यसपछि भने कक्षा उकाल्ने कि के गर्ने भनेर बहस गरौं। अहिले  चुप लाग्ने भन्ने आशय हैन। शिक्षक परिचालन, प्रविधिको प्रयोग अधिकतम उपयोग गर्ने बेला हो।  यो पाँच महिनाको अवधिमा शिक्षा मन्त्रालयअन्तर्गत धेरै वैकल्पिक विधिहरु र सफ्टवेयर बनाइयो, तर जो लक्षित वर्ग हो उसलाई यो प्राप्त भएन। सामग्री त  बन्यो तर पहुँचमा पुर्‍याउन केही गरिएको छैन। ‘एउटा बच्चा एउटा ल्यापटप’ भन्ने एकताका खुब चलेको थियो। अहिले यो कार्यक्रम भए सहज हुने थियो होला तर विडम्बना केही सानो डिभाइस पुर्‍याउन सकिएको छैन। ‘ट्याक्स फ्री’ गरेर हुन्छ कि के हुन्छ सस्तोमा ल्याएर पढाइ, वाइफाइको सुविधा पनि पुर्‍याउन नसकिने हैन। 

तर यतातर्फ ध्यान गएको जस्तो मलाई लाग्दैन।  

सिकाइको सवालमा, के पढाउने भनेर ढाँचा बनाउनुपर्छ। न्यूनतम सिकाउने कुराहरु हुनसक्छन्। केही सामग्रीहरुले वैकल्पिक न्यूनतम तोकेपछि छापेर बाँडेरमात्रै भएन। शिक्षक चाहिन्छ। सबैसँग डिभाइस नभए पनि फोन छन्। स्कुलपिच्छे टोलफ्री नम्बर बाँडिदियो भने नबुझेको कुरा विद्यार्थीले फोनबाट सिक्न सक्छन्। त्यस्तै शिक्षा विषय पढेकाहरुलाई शिक्षण पनि गराउनुपर्ने हुन्छ यो बेला उपयोग गर्न सकिन्छ ।

अनि अर्को हो रेडियो टिभीमा पढाउँदा पनि लाइभको व्यवस्था गर्ने। केहीबेर पढाउने र केही समय फोनमार्फत् विद्यार्थीले सोध्न सकिने भयो यसरी दोहोरो संवाद गराएर पढाउन सकिन्छ। 

योसँगै मूल्यांकनको कुरा पनि आउँछ।  पहिले सबैको पहुँचमा वैकल्पिक शिक्षा पुग्नु प¥यो, शिक्षण विधिअनुसार मूल्यांकन विधि अपनाउन नसकिने हैन। पहिले त सिकाइ नै हुनपर्‍यो। 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्