काठमाडौं– सरकारले ऊर्जा क्षेत्रका १६ आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ।
सरकारले सरकार र निजी प्रवर्द्धकबाट समेत कार्यान्वयन हुने ऊर्जा विकास र जलविद्युत् सम्बन्धी उत्पादन, प्रसारण र वितरण आयोजनालाई यो सूचीमा राखेको हो।
जसमा यसअघि नै राष्ट्रिय गौरवका आयोजनामा समेटिएका आयोजना समेत छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो सूचीमा बबई सिँचाइ, भेरी बबई डाइभर्सन, सुनकोशी मरिन डाइभर्सन, सिक्टा सिँचाइ र महाकाली सिँचाइ आयोजना सूचीकृत गरिएको हो।
यसैगरी रानी जमरा कुलरिया सिँचाइ, नौमुरे बहुउद्देश्यीय आयोजना, कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय आयोजना, बागमती सिँचाइ, नवीनतम यान्त्रिक सिँचाइ आयोजना, प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजनालाई समेत सूचीमा राखिएको छ।
त्यस्तै सुनसरी मोरङ सिँचाइ आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, बृहत् दाङ उपत्यका सिँचाइ आयोजना, जलस्रोत संरक्षण आयोजना (रुपाताल र धाप बाँध) र कर्णाली, पश्चिम राप्ती र नारायणी नदी व्यवस्थापन आयोजनालाई समेत यो सूचीमा राखिएको छ।
यस्तो सूचीमा राखेका आयोजनाको बजेट सुनिश्चित हुने गर्छ भने कार्यान्वयनमा समेत सरकारले सहजीकरणमा प्राथमिकता दिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।