काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा ५ लाख ६७ हजारले १० कित्ता शेयर प्राप्त गरेका छन्।
कम्पनीको प्राथमिक शेयरमा आवेदन दिने योग्य लगानीकर्तामध्ये २० हजार ५०९ जनाको हात खाली भएको छ। कम्पनीको प्राथमिक शेयरमा सर्वसाधारणको तर्फबाट योग्य आवदेनक जम्मा ५ लाख ८७ हजार जना रहेका छन्।
शुक्रबार भएको बाँडफाँडमा म्युचुअल फण्डले ३ लाख १५ हजार कित्ता र कर्मचारी पनि ३ लाख १५ हजार कित्ता प्राप्त गरेका छन्। ५ लाख ६७ हजारले दुई करोड २८ लाख कित्ताको लागि आवदेन दिएका छन्। कम्पनीका २२४ जना कर्मचारीले शेयर प्राप्त गरेका छन्।
कम्पनीको आइपिओमा ४.४ गुणा बढी आवदेन परेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।