• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'कोरोना नियन्त्रणको ‘बल’ नागरिकको ‘कोर्ट’मा पुगेको छ'

डा शेरबहादुर पुन शुक्रबार, भदौ १२, २०७७  १३:४०
1140x725

सरकारले निषेधाज्ञा लागू गरेपछिका हरेक दिन कोरोना संक्रमितको दर बढेको देखिन्छ। कतिले निषेधाज्ञापछि बढेको रुपमा यसलाई बुझेको पाइएको छ। यो निषेधाज्ञा गर्नुअघि सरेको संक्रमणको नतिजा हो। निषेधाज्ञाको एक हप्तादेखि दुई हप्तासम्म यो दरमा संक्रमित भेटिएलान्। त्यसपछि मात्रै निषेधाज्ञाको प्रभाव देखिन थाल्नेछ। 

संक्रमण र मृत्युको यो भयावह चित्रको दोषारोपण हामीले सरकारमाथि गरिरहेका छौं। तर, पछिल्लो अवस्था आउनुको हिस्सेदार हामी पनि हौं। हाम्रै लापरबाहीका कारण यस्तो अवस्था आएको हो।

हामी इमान्दार भइदिएको भए यो अवस्था आउँदैनथ्यो। सरकारले वा जनस्वास्थ्य विज्ञले हरेक दिनजसो दिइरहेका सुझावहरु पालना गरिदिएका थियौं भने हामीलाई दोहोर्‍याएर लकडाउन भोग्न पर्दैनथ्यो।  नेपाल सरकारले  चाहेर मात्रै कोरोना संक्रमण शून्य बनाउन सक्दैन। किनकि खुला सिमाना भएको नजिकको देश भारतमा यसको प्रकोप बाँकी रहुन्जेल हामीकहाँ पनि रहन्छ।

कोरोनाको डर सबैलाई छ। जानकारी पनि सबैलाई छ। टिभीमा त्यही, इन्टरनेटमा त्यही र रेडियो त्यही जोगिने उपायबारे बोलेका देखिन्छ । तर, किन हामी यस्तो अटेरी? हामी अनुशासनमा किन नभएको? 

म छक्क परिरहेको छु। मान्छेहरुले थाहा पाएको कुरा किन व्यवहारमा लागू गरिरहेका छैनन्। लकडाउन खुलेपछि सबै भेडाबाख्रा जस्तै हिँडिरहेका हुन्छन्। कोरोना नियन्त्रणमा आएको होइन, जनजीवनलाई सहज तुल्याउन त्यसो गरिएको हो भन्ने किन बुझिरहेका छैनन्। 

निषेधाज्ञाले सरकारलाई कोरोना नियन्त्रण गर्न सजिलो बनाउँछ। तर, शून्यमै पुर्‍याएर खोल्ने भन्ने कुरा व्यवहारिक हुँदैन। यसअघि त्यति लामो समय निषेधाज्ञा गर्दा त देखियो भने अहिले छोटो समयकोले त्यति धेरै अर्थ राख्दैन।
 
हामी पहिलो पिसिआर भनेर त्यतातिर लाग्यौं। अहिले आइसियू  र भेन्टिलेटरको हिसाब गरिरहेका छौं। ती भविष्यका कुरा हुन्। सरकारले गर्दै गर्छ। नागरिक आफैं सचेत हुँदा ती आवश्यक पदैनन्। मेरो निष्कर्ष के भने नागरिक सचेत भएको भए न आइसियुको चर्चा गर्नुपर्थ्यो। न धेरै पिसिआर गर्नुपर्थ्यो।

हामी भविष्यको कुरा गर्नेभन्दा पनि वर्तमानमा सजग हुनुपर्छ। त्यो भनेको जनस्वास्थ्य विज्ञले सुझाएका कोरोना संक्रमण हुन नदिने उपाय अवलम्बन गर्ने हो। तर, त्यसमा हाम्रो पटक्कै रुची नभएको जस्तो देखिन्छ।

मैले देखिरहेको छु– तपाईंहरु यताउता नजानुहोस् भन्यो, मान्छेहरु लुकीलुकी गइदिन्छन्। आफैंले सकेसम्म हुलमुलमा नजाने हो। मास्क सही तरिकाले लगाउने हो। तर, मास्क अरुलाई देखाउनका लागि लगाए जस्तो देखिन्छ।

Ncell 2
Ncell 2

मकहाँ जँचाउन आउनेहरुमा अझै गम्भीरता देख्दिनँ। जब म उहाँहरुसँग कुराकानी गर्न थाल्छु, मास्क खोलेर कराउन थाल्नुहुन्छ। हरेक सय जनामध्ये ७०/८० जनालाई मास्क लगाउने तरिका सिकाएर पठाउनु परेको छ। यो भनेको नजानेर होइन, नटेरेर हो। लाइन बसुन्जेल मास्क लगाउने तर डाक्टरसँग कुरा गर्दा हटाउने बानीको विकास कसरी भयो? उहाँहरु अन्य ठाउँमा पनि जब कुरा गर्न थाल्नुहुन्छ, मास्क खोल्नुहुन्छ होला। 

कुराकानी गर्ने ठाउँमा त सकेसम्म दोहोरो मास्क लगाउने गर्नुपर्छ। ठूलो पदमा आसिनहरुले नलगाउने चलन छ। उहाँहरुलाई नै ठूलठूलो स्वरले कराउनुपर्छ। सुन्नेले मास्क लगाएर नाकमुख त छोप्ला तर आँखामा थुकको छिटा पुगिहाल्छ। यस्तो बानीले त कोरोना संक्रमण नियन्त्रणमा कसरी ल्याउन सकिएला र? 

बाहिर निस्किएको हो भने सकेसम्म अनुहारमा हात नलग्ने। घर गएपछि साबुनपानीले राम्ररी हात धुने  गर्नुपर्छ। यो दोहोर्‍याइरहेका हुन्छौं। मास्क लगाउनु अनिवार्य भनिरहेका हुन्छौं। तर, नागरिकका तहबाट अनुशरण हुन सकेको देखिदैन। जसको नतिजा लकडाउन खुलेपछि हामीले देखाएको व्यवहार हो। त्यो व्यवहारको परिणाम अहिले कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढ्दो छ। संक्रमणदर बढ्दो छ।

इटली, स्पेन र बेलायतमा कोरोना संक्रमित बढ्दै जाँदा स्वास्थ्यकर्मी अपुग भयो। उपचार पाउँदा बाँच्नेहरु पनि अस्पतालमा उपचार गर्ने ठाउँ नपाएर मरे।

अमेरिकामा पनि हेरें। एकजनासँग चिनेको डाक्टरसँग कुरा गरेको हो। त्यहाँ पनि यस्तै हेलचक्र्याइँ भयो। अमेरिकीलाई के अप्ठ्यारो पार्छ भन्ने पर्‍यो। जति धनी भए पनि, जति विकास गरे पनि नागरिक सचेत भएनन् र इमान्दारिता साथ बच्ने उपाय अनुशरण गरिएन भने अवस्था जटिल हुँदोरहेछ।

नेपाल सरकार नियन्त्रण गर्नेगरी अघि बढ्यो भने पनि भारतमा रहेसम्म संकटको सामना गरिरहनुपर्छ।  जनस्वास्थ्यका मापदण्ड पालना गरिएन भने सरकारलाई धारे हात लगाएर बाँचिदैन। यतिबेला बल नागरिकको कोर्टमा आइपुगेको छ।

त्यसैले अवस्था चुनौतिपूर्ण छ। आगामी दिनमा के हुन्छ भन्ने कुरा हामी नागरिक कति सचेत हुन्छौं भन्नेमा निर्भर रहन्छ। किनभने लकडाउन खुलेपछि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गरेका रहेनछौं।

मान्छेमा डर छ तर जनस्वास्थ्यका मापदण्ड पालना गर्दैनन्। यसले हामीलाई चकित बनाएको छ। स्थिति अब कसैले केही गरिदेला भन्ने ठाउँमा छैन। आफ्नो ज्यान आफैं जोगाउनुपर्ने अवस्थामा पुगेको छ।

अनिकालमा बीउ जोगाउने, हुलुमलमा जिउ जोगाउने बेला हो यो। अब सरकारले के–के राम्रो गर्‍यो, के–के गरेन भनेर हिसाब गर्ने बेला छैन। बरु जति सकिन्छ सरकारसँग हातेमालो गरियो भने मात्रै कोरोना नियन्त्रण सम्भव छ। मान्छे यस्तै अटेरी भएमा चाहिँ समस्या निरन्तर रहिराख्छ।

(कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्