काठमाडौं-गत चैतदेखि बन्द आन्तरिक उडान भदौ १६ गतेबाट पनि नखुल्ने भएको छ। उपत्यकाका ३ जिल्लामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म रहने र अधिकांश जिल्ला तथा स्थानीय तहको लकडाउन जारी रहेका कारण आन्तरिक उडान खुल्न नसक्ने अवस्थामा पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
तर, निजी हवाई सेवा प्रदायक कम्पनीले भने भदौ १६ गतेबाट उडान सुरु नभए आन्न्दोन गर्ने चेतावनी दिइसकेका छन्। तर, सरकारले भने कोरोना संक्रमण बढदै गएका कारण आन्तरिक उडान सुरु गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ।
यसअघि सरकारले भदौ १ गतेबाट आन्तरिक उडान खुलाउने निर्णय गरेको थियो। त्यसपछि पनि कोरोना संक्रमण बढेको भन्दै पुन: भदौ १६ गतेसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भने भदाै १६ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णयसहित तालिका सार्वजनिक गरिसकेकाे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा प्राधिकरणले दैनिक २ वटा व्यवसायीक उडान र १ वटा चार्टर उडानको तालिका प्रकाशन गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।