काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टामा ८ जनाको मृत्यु, १८३ पुगे मृतक, काठमाडौं उपत्यकामा ३७७ सहित नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण, ३५ हजार ५२९ पुगे संक्रमित ।
२) विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ’एनओसी’ दिइने मन्त्रिपरिषद्को निर्णय, कुलमानबारे सरकारका प्रवक्ता खतिवडा भन्छन्– ‘कुलमानलाई सामाजिक सञ्जालले नियुक्ति दिएको होला, सरकारले दिएको छैन’ ।
३) तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको गुनासो आउन थालेपछि बजारमा उपस्थिति बढाउँदै वाणिज्य विभाग, एकैदिन १५ टोली परिचालन, ५० भन्दा बढी तरकारी पसलको अनुगमन ।
४) हतारमा सुरक्षित र प्रभावकारी प्रमाणित नभएको कोरोनाको खोप ननिकाल्न अमेरिकाका शिर्ष भाइरसविद् डाक्टर फाउचीको चेतावनी, अन्य खोप निर्माणका कामहरुमा पनि नकारात्मक असर पर्ने ।
५) र, एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटप्रति राष्ट्रिय खेलकुद् परिषद्को आपत्ति, दलित भएको आधारमा चन्द्रकलामाथि निर्घात कुटपिट गर्नेलाई कारबाहीको माग ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।