काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको सातौं संशोधन विधान मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चेम्बरको विधान स्वीकृत भएको जानकारी सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
चेम्बरको नयाँ विधानमा प्रादेशिक संरचना अंगीकार गरिएको प्रवक्ता डा खतिवडाले जानकारी दिए। यस्तै आवधिक निर्वाचन सुनिश्चितसमेत गरिएको छ। यस्तै एक जिल्लामा एक मात्र च्याम्बर रहने र नयाँ गठन हुने सबै चेम्बरका समिति जिल्ला मातहत नै रहने समेत उनले विस्तार गरेका छन्।
चेम्बरको विधान सरकारले स्वीकृत गर्नुपर्ने र सरकार भन्नाले मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्नुपरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।