• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

भरतपुर विमानस्थल विस्तारको काम अघि बढाउन २६ लाख बजेट, नेपाल ट्रष्टको जग्गामा सेनाको ब्यारेक!

64x64
उत्तम काप्री बिहीबार, भदौ ११, २०७७  १७:३४
1140x725

काठमाडौं– नेपाल ट्रष्टको जग्गामा नेपाली सेनाको ब्यारेक बनाउने गरी चितवनको भरतपुर विमानस्थल विस्तारको गुरुयोजनालगायत वातावणीय प्रभाव मूल्यांकनका लागि सरकारले बजेट छुट्याएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तारको गुरुयोजनालगायत आवश्यक काम गर्न २६ लाख रुपैयाँ छुट्याएको हो।

प्राधिकरण महानिर्देशक राजन पोखरेलले विमानस्थल विस्तारका लागि आर्थिक वर्ष २०७७/०७८ को बजेटमा २६ लाख रुपैयाँ छुट्याइएको जानकारी दिए। तर, विमानस्थल विस्तारमा विरोध भएका कारण प्राधिकरणले सञ्चारमाध्यमलाई दिएको बजेट विवरणमा उक्त विषय लुकाएको थियो।

नेपाल ट्रष्टको जग्गामा सेनाको ब्यारेक बनाउने दिने र सो स्थानमा घोडा प्रजनन केन्द्र बनाउँदै विमानस्थल विस्तारमा प्रयोग गर्ने गरी काम बढेको छ।

चितवनको भरतपुर महानगरपालिकाले पनि विमानस्थल विस्तारका लागि सेनाले घोडा प्रजनन केन्द्रलाई जग्गा दिने र सेनालाई नेपाल ट्रष्टको दियालो बंगलाको जग्गा दिने गरी निर्णय गरेको छ। सोही अनुसार प्राधिकरणले बजेट विनियोजन गरेको जनाएको छ। 

यो पनि पढ्नुहोस्

भरतपुर विमानस्थल विस्तार गर्न सेनाको घोडा प्रजनन केन्द्र हटाइनेबुधबार, भदौ १८, २०७६

विमानस्थल विस्तार आवश्यक नै नपरेको अवस्थामा प्राधिकरणलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी एवं भरतपुर महानगरकी मेयर रेणु दाहालको दबाब रहेको छ। सोही कारण प्राधिकरणले एक वर्ष अगाडिदेखि नै विमानस्थल विस्तारको प्रक्रिया सुरु गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सह–सचिवको नेतृत्वमा अध्ययन कमिटि  बनाएर विमानस्थल विस्तार आवश्यक रहेको प्रतिवेदन ल्याउन लगाइएको थियो। मन्त्रालयले गठन गरेको अध्ययन कमिटिले पनि विमानस्थल विस्तारका लागि सेनाको घोडा प्रजनन केन्द्र सार्नुपर्ने भन्दै रिपोर्ट पेस गरेको थियो।

सोही आधारमा अहिले सेनालाई ब्यारेक बनाउन नेपाल ट्रष्टको दियालो बंगलाको ७ सय ६७ रोपनी ११ आना १ पैसा १ दाम जग्गामध्ये ३२ रोपनीभन्दा बढी जग्गा दिने र विमानस्थल विस्तारमा सेनाको घोडा प्रजजन केन्द्र प्रयोग गर्ने निर्णय भरतपुर महानगरपालिकाले गरेको छ। नेपाल ट्रष्टको जग्गाको दुरुपयोग र अनियमितताका श्रृंखला सार्वजनिक भइरहेका बेला भरतपुर महानगरले यस्तो निर्णय गरेको हो। 

चितवनको भरतपुर विमानस्थल विस्तारका नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै नेपाल ट्रष्टको ३२ विघा जग्गा सेनालाई दिने तयारी अगाडि बढाइसकेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डको राजनीतिक ‘इन्ट्रेस्ट’
भरतपुर विमानस्थल बिस्तारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक ‘इन्ट्रेस्ट’ मिसिएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा भइसकेको अवस्थामा प्रचण्ड भरतपुरको अहिलेकै धावनमार्ग बिस्तार गर्न चाहन्छन्। धावनमार्ग बढाउन सेनाको ब्यारेक बाधक देखिएपछि सेनालाई नेपाल ट्रष्टको जग्गामा सार्ने तयारी भएको हो।

प्राधिकरणले १२ सय मिटर लम्बाइ भएको भरतपुर विमानस्थलको रन–वे बढाएर १६ सय ५० मिटर बनाउने तयारी गरिरहेको छ। सोही अनुसार विमानस्थल विस्तारको गुरुयोजना तयार गर्न लागेको छ।

धावनमार्ग बिस्तार गर्न सेनाको घोडा प्रजनन केन्द्रको ६२ विघा जग्गा आवश्यक पर्छ। सोही जग्गा धावनमार्गका लागि लिएर त्यसको साटो नेपाल ट्रष्टको ३२ विघामा सेनाको ब्यारेक बनाउने र अन्यत्र घोडा प्रजनन केन्द्र बनाउन सकिने गरी प्रतिवेदन तयार पारिएको थियो। त्यसैका आधारमा भरतपुर महानगरले ट्रष्टको जग्गामा ब्यारेक बनाउन दिने निर्णय गरेको हो। घोडा प्रजनन केन्द्र अहिलेको विमानस्थलको उत्तरपट्टि पर्छ। 

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

नेपाल ट्रष्टको जग्गामा सेनाको ब्यारेकशुक्रबार, फागुन १६, २०७६

 विमानस्थल बिस्तारका लागि भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने नेतृत्वको अध्ययन समितिले नेपाल ट्रष्टको जग्गामा सेनाको ब्यारेक बनाउन दिन सकिने गरी सिफारिस गरेको थियो।

भरतपुर विमानस्थल बिस्तार तथा स्तरोन्नतिको आवश्यकता, अनुमानित खर्च तथा यस कार्यको लागत प्रतिफलअनुमान गरी प्राविधिक तथा सामाजिक–आर्थिक पक्षको समेत विविध पक्षमा अध्ययन गरी उपयुक्त सिफारिससहितको प्रतिवेदन तयार गर्न २०७६ असोज २ गते मन्त्री योगेश भट्टराईको मन्त्रिस्तरीय निर्णयमा समिति गठन भएको  थियो।

यो पनि पढ्नुहोस्

भरतपुर विमानस्थल विस्तारमा प्रचण्डकाे दबाब, नेपाल ट्रष्टको जग्गा सेनालाई दिने तयारीबुधबार, माघ २९, २०७६

समितिका सदस्यमा रक्षा मन्त्रालयका उपसचिव प्रदिप सुवेदी, प्रमुख सेनानी विजितराज रेग्मी, इन्जिनियर नलबिक्रम थापा, एटिसी अफिसर सुवर्णराज भट्टराई र परामर्शदाता सत्येन्द्र शाक्य  थिए।

समितिले माघ १९ मा भरतपुर विमानस्थल बिस्तारका लागि आवश्यक जग्गा र लागतसहितको अध्ययन प्रतिवेदन मन्त्री भट्टराईलाई बुझाएको थियो। 

भरतपुर विमानस्थलको रन–वे १२ सय मिटर भए पनि आसपासमा बनेका संरचनाका कारण ९ सय मिटरमात्रै सञ्चालनमा छ। तर, सो अवरोध हटाउन छाडेर मन्त्रालयले नेकपा अध्यक्ष प्रचण्डको दबावमा विमानस्थलको रन–वे नै १६ सय ५० मिटर बनाउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार अहिले धावनमार्ग विस्तार गर्न आवश्यक छैन। धावनमार्ग क्षेत्रमा रहेको अवरोध हटाउन सके पुग्छ।

धावन मार्ग आसपास २ सय ५७ वटा निजी घर–टहरा छन्। तिनलाई हटाउने हो भने पनि १२ सय मिटरको रन–वे पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिन्छ। तर प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको दबाबमा नचाहिएको विमानस्थल विस्तारमा लगानीका लागि समिति गठन गरियो। समितिको प्रतिवेदन ‘इन्ट्रेस्ट’ अनुसारकै सकारात्मक आयो र अहिले मन्त्रालय सो प्रतिवेदन कार्यान्वयन गर्ने तयारीमा छ।

प्राधिकरणले विमास्थल विस्तारमा साढे १ अर्ब रुपैयाँ भन्दा बढी खर्च गर्दैछ।

‘माथिको निर्देशनपछि हामीले त अध्ययन गर्नै पर्‍यो, तर विमानस्थल विस्तारको नामका साढे १ अर्ब खर्च गर्नुको कुनै औचित्य देखिँदैन,’ समितिका एक सदस्यले भने, ‘कुनै एक राजनीति नेताको निर्वाचन क्षेत्रका लागि राज्य कोषको दोहन गर्नु उचित हैन।’ 

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ भने काठमाडौंबाट चितवन जाने सडक पनि विस्तार भइरहेको छ। मुग्लिन–नारायणगढ सडक पनि विस्तार भइसकेको अवस्थामा भरतपुरमा आन्तरिक उडानका लागि बनेको विमानस्थलको रनवे विस्तार गर्नुमा व्यक्तिगत ‘स्वार्थ’बाहेक अर्को कारण नदेखिने एक अधिकारी बताउँछन्। 

चितवनसँगको सडक सञ्जाल अहिले बिस्तार र विकास पनि भइरहेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अवस्था र बुटवल–नारायणघाट सडक ६ लेन बन्ने भएपछि उक्त विमानस्थल विस्तारमा खर्च गर्नु उचित नहुने हवाई क्षेत्रका विज्ञसमेत बताउँछन्। तर प्रचण्डको दबाबसामु नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी निरीह देखिएका छन्।

विमानस्थल विस्तारको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रचण्ड आफैं उपस्थित हुने गरेका छन्। गत वर्ष भदौमा भएको सरोकारवालाको छलफलमा प्रचण्ड सहभागी थिए। ट्रष्टका अध्यक्ष इश्वर पोखरेल र सेनाका प्रतिनिधिसँगको छलफलमा समेत प्रचण्ड बसेका थिए। यसले समेत रन–वे बिस्तारमा उनको लगाव कति छ भन्ने देखाउँछ।

यो पनि पढ्नुहोस्

भरतपुर विमानस्थलको बिस्तारबारे सर्वपक्षीय छलफलसोमबार, माघ १३, २०७६

रन–वे विस्तारमा राजनीतिक ‘इन्ट्रेस्ट’ प्रस्टै देखिए पनि प्राधिकरणका अधिकारी यो बाध्यता नभई आवश्यकता भएको तर्क गर्छन्। 

प्राधिकरण महानिर्देशक राजन पोखरेलले विमानस्थलको विस्तारमा मन्त्रालय तथा नेकपा अध्यक्ष प्रचण्डबाट दबाब नआएको र प्राधिकरण आफैंले एटिआर ७२ सम्मको जहाज उडान तथा अवतरण गर्न सक्ने गरी विमानस्थल विस्तार योजना अगाडि सारेको दावी गर्छन्।

विमानस्थलको रन–वे अहिले पूर्णरुपमा सञ्चालनमा आउन नसकेको प्राधिकरण महानिर्देशक पोखरेल स्वीकार गर्छन्। ‘भरतपुर विमानस्थल ६२ बिघा जग्गामा फैलिएको छ। विमानस्थलमा १३ सय मिटरको रन–वे  छ,’ उनले भने, ‘आसपासका घरका कारण ९ सय मिटर रन–वेमात्रै प्रयोगमा आएकाले विस्तारको योजना अगाडि सारेका हौं।’

‘सेनालाई ट्रष्टको जग्गा नियमविपरीत’ 
नेपाल ट्रष्टको ऐन २०६४ मा रहेको उद्देश्यअनुसार ट्रष्टको नाममा रहेका जग्गा शैक्षिक, स्वास्थ्य र पर्यटन उद्देश्यबाहेकका लागि दिन पाइँदैन। यसैले देखाउँछ दियालो बंगलाको जग्गामा सेनाको ब्यारेक राख्नु ऐनविपरीत हो। 

ट्रष्टका पूर्व सचिव भीम उपाध्याय सट्टापट्टा भनेर ट्रष्टको जग्गा सेनालाई जुनसुकै रुपमा दिए पनि यो कानुनविपरीत रहेको बताउँछन्। ट्रष्टको जग्गा पछिल्लो समय उद्देश्यभन्दा बाहिर प्रयोग भइरहेको उनको तर्क छ।

नेपाल ट्रष्टको ऐन २०६४ (पहिलो संशोधन २०७५) को दफा  ५ मा ट्रष्टको सम्पत्तिको विषयमा स्पष्ट लेखिएको छ, ‘ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग हुनेछ।’ 

सोही दफाको उपदफा  २ मा  ट्रष्टको सम्पत्ति विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न, राष्ट्रिय हितअनुकूल तथा ट्रष्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न, अस्पताल वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक प्रयोजनका चिकित्सालय खडा गरी तोकिएबमोजिम सञ्चालन गर्न र ट्रष्टको सम्पत्तिको सम्वद्र्धन, संरक्षण र यसको आय आर्जनका लागि समितिले तोकिएबमोजिमको कार्यक्रम सञ्चालन गर्ने भनिएको छ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्