• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

नेपाल ट्रष्टको जग्गामा सेनाको ब्यारेक

प्रचण्डको राजनीतिक ‘इन्ट्रेस्टमा’ विमानस्थल बिस्तारका नाममा साढे १ अर्ब खर्च गरिँदै 
64x64
उत्तम काप्री शुक्रबार, फागुन १६, २०७६  २०:१३
1140x725

काठमाडाैं-नेपाल ट्रष्टको जग्गाको दुरुपयोग र अनियमितताका श्रृंखला सार्वजनिक भइरहेका बेला सरकारले ट्रष्टको जग्गा ब्यारेक बनाउने गरी नेपाली सेनालाई दिने तयारी गरेको छ।चितवनको भरतपुर विमानस्थल बिस्तारका नाममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै नेपाल ट्रष्टको ३२ विघा जग्गा सेनालाई दिने तयारी अगाडि बढाइसकेको छ। भरतपुर विमानस्थल बिस्तारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको राजनीतिक ‘इन्ट्रेस्ट’ मिसिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा भइसकेको अवस्थामा प्रचण्ड भरतपुरको अहिलेकै धावनमार्ग बिस्तार गर्न चाहन्छन्। धावनमार्ग बढाउन सेनाको ब्यारेक बाधक देखिएपछि सेनालाई नेपाल ट्रष्टको जग्गामा सार्ने तयारी भएको हो।
मन्त्रालयले १२ सय मिटर लम्बाइ भएको भरतपुर विमानस्थलको रन–वे बढाएर १६ सय ५० मिटर बनाउने तयारी गरिरहेको छ। तर धावनमार्ग बिस्तार गर्न सेनाको घोडा प्रजनन केन्द्रको ६२ विघा जग्गा आवश्यक पर्छ। सोही जग्गा धावनमार्गका लागि लिएर त्यसको साटो नेपाल ट्रष्टको ३२ विघामा सेनाको ब्यारेक बनाउने र अन्यत्र घोडा प्रजनन केन्द्र बनाउन सकिने गरी प्रतिवेदनै तयार भइसकेको छ। 
विमानस्थल बिस्तारका लागि भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेको अध्ययन समितिले नेपाल ट्रष्टको जग्गामा सेनाकोे ब्यारेक बनाउन दिन सकिने गरी सिफारिस गरिसकेको छ।

भरतपुर विमानस्थल बिस्तार तथा स्तरोन्नतिको आवश्यकता, अनुमानित खर्च तथा यस कार्यको लागत प्रतिफल अनुमान गरी प्राविधिक तथा सामाजिक–आर्थिक पक्षको समेत विविध पक्षमा अध्ययन गरी उपयुक्त सिफारिस सहितको प्रतिवेदन तयार गर्न असोज २ गते मन्त्री योगेश भट्टराईको मन्त्रिस्तरीय निर्णयमा  समिति गठन भएको  थियो।

समिति संयोजक बुद्धिसागर लामिछाने थिए भने सदस्यमा  रक्षा मन्त्रालयका उपसचिव प्रदिप सुवेदी, प्रमुख सेनानी विजितराज रेग्मी, इन्जिनियर नलबिक्रम थापा, एटिसी अफिसर सुवर्णराज भट्टराई र परामर्शदाता सत्येन्द्र शाक्य  थिए।

समितिले माघ १९ मा भरतपुर विमानस्थल बिस्तारका लागि आवश्यक जग्गा र लागतसहितको अध्ययन प्रतिवेदन मन्त्री भट्टराईलाई बुझाइसकेको छ।

भरतपुर विमानस्थलको रन–वे १२ सय मिटर भए पनि आसपासमा बनेका संरचनाका कारण ९ सय मिटरमात्रै सञ्चालनमा छ। तर, सो अवरोध हटाउन छाडेर मन्त्रालयले नेकपा अध्यक्ष प्रचन्डको दबावमा विमानस्थलको रन–वे नै १६ सय ५० मिटर बनाउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार अहिले धावनमार्ग विस्तार गर्न आवश्यक छैन। धावनमार्ग क्षेत्रमा रहेको अवरोध हटाउन सके पुग्छ।

धावन मार्गको आसपास २ सय ५७ वटा निजी घर टहरा छन्। तिनलाई हटाउने हो भने पनि १२ सय मिटरको रनवे पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिन्छ। तर प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको दबाबमा नचाहिएको विमानस्थल बिस्तारमा लगानीका लागि समिति गठन गरियो। समितिको प्रतिवेदन इन्ट्रेस्ट अनुसारकै सकारात्मक आयो र अहिले मन्त्रालय सो प्रतिवेदन कार्यान्वयन गर्ने तयारीमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘माथिको निर्देशनपछि हामीले त अध्ययन गर्नै पर्‍यो, तर विमानस्थल बिस्तारको नामका साढै १ अर्ब खर्च गर्नुका कुनै औचित्य देखिँदैन,’ समिति एक सदस्यले भने, ‘कुनै एक राजनीति नेताको निर्वाचन क्षेत्रका लागि राज्य कोषको दोहन गर्नु उचित हैन।’

विमानस्थल विस्तारको बहानामा दियालोमा आँखा

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ भने काठमाडौंबाट चितवन जाने सडक पनि बिस्तार भइरहेको छ। मुग्लिन–नारायणगढ सडक पनि बिस्तार भइसकेको अवस्थामा भरतपुरमा आन्तरिक उडानका लागि बनेको विमानस्थलको रनवे बिस्तार गर्नुमा व्यक्तिगत इन्ट्रेस्टबाहेक अर्को कारण देखिँदैन।

समितिले तयार पारेको रिपोर्टमा विमानस्थल बिस्तारका लागि अहिलेको रन–वेको उत्तरपट्टी रहेको सेनाको घोडा प्रजनन केन्द्र प्रयोग गर्न सकिने उल्लेख छ। घोडा प्रजनन् केन्द्रलाई उचित ठाउँमा सार्ने र सेनालाई ब्यारेक बनाउन नेपाल ट्रष्टको ३२ विघा जग्गा दिने सकिने रिपोर्टमा उल्लेख छ।

Xtrem

Xtrem

सेनाको आग्रहमा चितवनमा रहेको दियालो बंगलाको ७ सय ६७ रोपनी ११ आना १ पैसा १ दाम जग्गामध्ये ३२ रोपनीभन्दा बढी जग्गा सेनालाई दिने तयारी सुरु गरिएको छ। 

चितवनसँगको सडक सञ्जाल अहिले बिस्तार र विकास पनि भइरहेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अवस्था र बुटवल–नारायणघाट सडक ६ लेन बन्ने भएपछि उक्त विमानस्थल विस्तारमा खर्च गर्नु उचित नहुने हवाई क्षेत्रका विज्ञसमेत बताउँछन्। तर प्रचण्डको दबाबसामु नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीनिरीह देखिएका छन्।

छलफलसमेत छाडेका छैनन् प्रचण्डले

विमानस्थल बिस्तारको विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रचण्ड आफैं उपस्थित हुने गरेका छन्। गत भदौमा भएको सरोकारवालाको छलफलमा प्रचण्ड सहभागी थिए। ट्रष्टका अध्यक्ष इश्वर पोखरेल र सेनाका प्रतिनिधिसँगको छलफलमा समेत प्रचण्ड बसेका थिए। यसले समेत रनवे बिस्तारमा उनको लगाव कति छ भन्ने देखाउँछ नै।

रन वे बिस्तारमा राजनीतिक ‘इन्ट्रेस्ट’ प्रस्टै देखिए पनि प्राधिकरणका अधिकारी यो बाध्यता नभई आवश्यकता भएको तर्क गर्छन्। 

प्राधिकरण महानिर्देशक राजन पोखरेलले विमानस्थलको बिस्तारमा मन्त्रालय तथा नेकपा नेता प्रचण्डबाट दबाब नआएको र प्राधिकरण आफैंले एटिआर ७२ सम्मको जहाज उडान तथा अवतरण गर्न सक्ने गरी विमानस्थल विस्तार योजना अगाडि सारेको दावी गर्छन्।

विमानस्थलको रन–वे अहिले पूर्णरुपमा सञ्चालनमा आउन नसकेको प्राधिकरण महानिर्देशक पोखरेल स्वीकार गर्छन्। ‘भरतपुर विमानस्थल ६२ बिघा जग्गामा फैलिएको छ। विमानस्थलमा १३ सय मिटरको रन–वे  छ,’ उनले भने, ‘आसपासका घरका कारण ९ सय मिटर रन–वेमात्रै प्रयोगमा आएकाले बिस्तारको योजना अगाडि सारेका हौं।’

‘सेनालाई ट्रष्टको जग्गा नियमविपरीत’ 

नेपाल ट्रष्टको ऐन २०६४ मा रहेको उद्देश्यअनुसार ट्रष्टको नाममा रहेका जग्गा शैक्षिक, स्वास्थ्य र पर्यटन उद्देश्यबाहेकका लागि दिन पाइँदैन। यसैले देखाउँछ दियालो बंगलाको जग्गामा सेनाको ब्यारेक राख्नु ऐनविपरीत हो। 

ट्रष्टका पूर्व सचिव भीम उपाध्याय सट्टापट्टा भनेर ट्रष्टको जग्गा सेनालाई जुनसुकै रुपमा दिए पनि यो कानुनविपरीत रहेको बताउँछन्। ट्रष्टको जग्गा पछिल्लो समय उद्देश्यभन्दा बाहिर प्रयोग भइरहेको उनको तर्क छ।

नेपाल ट्रष्टको ऐन २०६४ (पहिलो संशोधन २०७५)को दफा  ५ मा ट्रष्टको सम्पत्तिको विषयमा स्पष्ट लेखिएको छ, ‘ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग हुनेछ। 

सोही दफाको उपदफा  २ मा  ट्रष्टको सम्पत्ति विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरु खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न, राष्ट्रिय हित अनुकूल तथा ट्रष्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न, अस्पताल वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक प्रयोजनका चिकित्सालय खडा गरी तोकिएबमोजिम सञ्चालन गर्न र ट्रष्टको सम्पत्तिको सम्वद्र्धन, संरक्षण र यसको आय आर्जनका लागि समितिले तोकिए बमोजिमको कार्यक्रम सञ्चालन गर्ने भनिएको छ।

समितिले देखेको अवरोध

समितिले विमानस्थल बिस्तार आवश्यक रहेको ठहर हुने गरी रिपोर्ट बनाएको छ। त्यसमा विमानस्थल बिस्तार आवश्यक नै रहेको ठहर गर्ने गरी बनाइएको अध्ययन समितिका एक सदस्यले बताए। भरतपुरको तापक्रम ३५ डिग्री सेन्टीग्रेड  भएकाले हावाको कम घनत्व र तापक्रमका कारण वायुयानको उडान क्षमतामा प्रत्यक्ष नकारात्मक असर परिरहेको रिपोर्टमा उल्लेख छ।

रिपोर्टमा सामान्यतया उच्च तापक्रम भएको समयमा ४७ जना यात्रु बोक्न सक्ने क्षमताको एटिआर–४२ विमानले ४० जना मात्र बोक्न सक्ने र ३७ यात्रु बोक्ने क्षमताको जेटस्ट्रिमले १६ जनामात्र बोक्न सक्ने उल्लेख छ।

धावनमार्गको अवतरण गर्ने क्षेत्र (दक्षिण–पूर्व) मा मापदण्डविपरीत बढी उचाइका संरचनाका कारण वायुयानहरु क्षमताभन्दा थोरैमात्र भार बहन गरेर उडान तथा अवतरण गर्नुपर्ने बाध्यता रहेको समितिको निष्कर्ष छ।

यसकारण सम्बद्ध निकायहरुको आपसी समन्वयमा विमानस्थल बिस्तार प्रकृया अगाडि बढाउँदा धेरैजसो  चुनौतीहरु समयक्रममा समाधान भएर जाने देखिने रिपोर्टमा उल्लेख छ। जसमा उनीहरुले प्रमुख तीन बुँदा सिफारिस गरेका छन् :

१. विमानको उडान तथा अवतरणमा गम्भीर असर पुर्‍याइरहेको र भविष्यमा झनै अप्ठ्यारो अवस्था आउन सक्ने देखिएकाले विमानस्थल मापदण्डविपरीत बनेका संरचनाहरु हटाउने।
२. विद्यमान विमानस्थलको उत्तरतर्फ रहेको सेनाको घोडा प्रजनन केन्द्रलाई उचित स्थानमा स्थानान्तरण गर्न वा गराउन सकेमा धावनमार्गको लम्बाइ ४०० मिटर उत्तरतर्फ बढाउन सकिने।

३. विमानहरुले धावनमार्गको लम्बाइ कम भएका कारण आफ्नो क्षमता अनुसारको लोड (भारी) बोक्न नसकिरहेको अवस्था रहेका कारण विद्यमान विमानस्थलको उत्तर पश्चिम खण्डतर्फ करिब ४०० मिटर बढाउँदा उल्लेखित सहजता हुनुका साथै हवाई उडान सुरक्षामा पनि अभिवृद्धि हुन जाने। 

घोडा प्रजनन केन्द्र र कालिबहादुर गणलाई अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्ने र सोका लागि चाहिने आवश्यक जग्गा भरतपुर महानगरपालिकाले व्यवस्थापन र समन्वय गर्ने निर्णय गरी सम्भावित स्थानहरुको विवरण सहित तपसिलका वैकल्पिक स्थानहरुको व्यवस्था गर्न सिफारिस गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लेखी पठाउने पर्ने समितिको रिपोर्टमा उल्लेख छ।

नेपाली सेनाबाट प्राप्त सुझाव 

नेपाली सेना सरकारको अंग भएको, नेपाल सरकारको निर्णय सँधै पालना गर्ने,विकास निर्माणको कार्यमा सदैव सहयोग गर्ने प्रतिबद्धतासहित सेनाका संरचनाहरु सार्नुपर्ने भएमा निम्नानुसारका विकल्प अनुसार कार्यान्वयन हुन सुझाव दिइएको छ। रिपोर्टमा विमानस्थल बिस्तारका क्रममा नेपाली सेनाको काली बहादुर गण र घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गर्न परेमा निम्न विकल्प उचित हुने ठहराएको छ। 


 
संरचना सार्ने र नयाँ निर्माणमा लाग्ने खर्चको अनुमान

विमानस्थल धावन मार्गको अनुमानित ६०० मिटर उत्तर पश्चिम तर्फसम्मको जग्गा विस्तार हुँदा काली बहादुर गणलाई दियालो बंगलामा स्थानान्तरण गर्न र सैनिक ईक्वाइन बृडिङ्ग सेन्टरलाई भरतपुर म।न।पा।११ ९बसेनी० स्थित गणेशस्थानको दक्षिणपूर्वतर्फ सामुदायिक वन ईलाकामा स्थानान्तरणको लागि सेनाको प्राविधिक अध्ययनबाट आवश्यक पर्ने सम्पुर्ण भौतिक पूर्वाधारहरुको प्रारम्भिक अनुमानित १ अर्ब ४० करो८ ६७ लाख लाग्ने समितिको रिपोर्टमा उल्लेख छ। 

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा क्या... बिहीबार, असोज २२, २०८३
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन्। शुक्रबार, असोज १६, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको ह... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्