काठमाडौं- फर्स्ट माइक्रोफाइनान्सका शेयरधनीले १३.६८ प्रतशित लाभांश पाउने भएका छन्। संस्थाले चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस शेयर र ४.१८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
गत वर्ष १७ प्रतिशत बोनस शेयर दिएको संस्थाले यस वर्ष लाभांश घटाएको हो। संस्थाको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ। ७ करोड ६० लाख रुपैयाँ बोनस शेयर प्रदान गरेसँगै पुँजी ८७ करोड रुपैयाँ पुग्नेछ।
संस्थाले गत आर्थिक वर्षमा १३ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। प्रतिशेयर आम्दानी भने १७ रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।